पटकथा लेखन प्रतियोगिता हुँदै

5 years ago Editor 0

अमेरिका
१२ नोभेम्बर /

919476_733135583370016_1897300785_o (1)

अमेरिकामा विश्वव्यापी पटकथा लेखन (स्क्रिप्ट राइटिङ) प्रतियोगिता हुने भएको छ ।
नेपालबाट पुनर्वास भएका भूटानी शरणार्थी युवाहरुको संस्था डस्की इन्टरटेनमेन्टको आयोजनामा सो प्रतियोगिता सम्पन्न हुन लागेको हो ।
संस्थाका रमेश दियालीले दिनुभएको जानकारी अनुसार इमेल वा फेसबुकबाट विश्वभरका जोसुकैले नेपाली वा अंग्रेजी भाषामा बढीमा १५ मिनेट समयावधिको पटकथा सम्प्रेषण गर्न सक्नेछन् ।
सन् २०१३ डिसेम्बर १० तारेखसम्म बढीमा दुई ओटा पटकथा सहित प्रतियोगीले सहभागी हुन पाउने छन् ।
प्रतियोगीहरुले www.facebook.com/dusky1990 र duskyentertainment@gmail.com मा आफ्नो रचना सम्प्रेषण गर्न सक्ने आयोजकले जनाएका छन् । प्रतियोगितामा उत्कृष्ट हुने प्रतियोगीलाई नेपाली नगद राशी बीस हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताइएको छ ।