स्वीकृत साहित्य स्वीकारोक्तिको एउटा आयाम हो

5 years ago Editor 0

154136_178689205477729_5481672_n
डेन्जोम साम्पङ राई
अध्क्षया
जी.बी.ल.ओ

स्वीकारोक्ति वाणी—(५)

स्वीकृत साहित्य स्वीकारोक्तिको एउटा आयाम हो |

स्वीकारोक्ति, सर्बतोमुख आयाममा निर्धारित रहन्छ | यस अर्थमा यसको बहुआयामिक भित्रको एउटा आयाम हो साहित्य | यसबाट के स्पष्ट हुन्छ भने “‘स्वीकारोक्ति’ इश्वरीय वरदान हो” भनिएको आधारमा साहित्य इश्वरको देन हो भनेर बुझिएमा त्यो न्यायिक ठहरिन्दैन | किन कि कुनै जीवित रूखलाई देखाएर हरियो रूख भन्न सक्छौ तर त्यसको अर्थ यो हुदैन कि त्यसमा फुलेको रातो फूललाई पनि हरियो भनिएकोहोस् | ‘स्वीकारोक्ति’ सिङ्गो बोट हो भने स्वीकृत साहित्य त्यसको फूल हो | फूललाई जस्तो रङ्ग छ त्यस्तै देख्नु पर्छ | यस मानेमा साहित्यलाई इश्वरमा विश्वास नगर्नेहरुले पनि ठुलै योगदान पुराएको छ भन्ने वास्तविकतालाई कदर गर्दै हामीले घोषित रूपमा साहित्यलाई इश्वरसँग जोडेका छैनौं | तर आखिर फूल बोटकै उपज भएको कारण यसलाई बोटबाट पूर्ण विछेद गरेर हेर्नु पनि त बिबेकी कार्य होइन | त्यसैले स्वीकृत साहित्यले इश्वरसँगको सम्बन्धमा आधिकारिक घोषणा नगरे पनि साहित्य इश्वरीय होइन भनेर मान्यता राख्दैन |
आज पनि गणेश, सरस्वती (Hindu God and Goddess respectively), सेशत(Seshat- Egyptain Goddess), हेर्मेस(Hermes- Greek God), थोथ(Egyptain God), स्योम्भू( Bhuddist God) आदि भगवानहरूलाई लेख्न, विध्य, साहित्य आदिको संरक्षक, पालक, देवी, खानी भनेर पुजिन्छ| आज हामी बाँचेको विकाशित भौतिक संसारको विकाश इश्वरमा आस्था राखेरै सुरू भएको हो भन्ने मान्यता अखण्डित छ | यी सम्पूर्ण कुरालाई मध्यनजर गरेर दुई किनारलाई छोएर नदि बगे जस्तै स्वीकृत साहित्य नास्तिक र अस्तिक दुवैलाई उतिकै मान्यताको साथ राखेर अस्तित्वमा रहन्छ |
वास्तवमा ‘अस्तित्वहरुको न्यायिक सम्बोधन’को लागि स्वीकारोक्तिले अंगालेको एउटा माध्यम हो साहित्य | र साहित्यको त्यो बृहत रुपलाई अटाउनेगरि स्थापना गरिएको आम मंच हो स्वीकृत साहित्य | साहित्य धार्मिक हुन्छ, काल्पनिक हुन्छ, राजनैतिक हुन्छ, वर्गीय हुन्छ, वैज्ञानिक हुन्छ, जनमूखी हुन्छ र हुन्छ वाद र सिध्दान्तमा आधारित आदि | साहित्यका यी विभिन्न पाटोहरू मध्धे कुनै एकमा स्वीकृत साहित्यले आफुलाई घोषित गर्छ भने त्यो स्वीकारोक्ति विपर्य हो |
यसै प्रसङ्गमा ‘अस्तित्वहरुको न्यायिक सम्बोधन’; स्वीकारोक्त आह्वान अन्तरगत स्वीकृत साहित्यले अर्को एउटा महत्वपुर्ण विषय के उठान गर्छ भने, शब्दलाई शब्दकोषीय अर्थमा मात्र सीमित नराखेर त्यसले प्रस्तुत गरेको मनोविज्ञान, आचरण, शैली, सस्कारलाई पनि केन्द्रमा ल्याउजुन पर्छ| जस्तो कि इश्वरीय भन्नले इश्वरको वा इश्वरसँग सम्बन्धित भन्ने अर्थ मात्र होइन आनन्दमयी, ऐश्वर्यशाली, निर्वानिक आदि भनेर प्रतिकात्मक रूपको पनि प्रतिनिधित्व गरेको हुनसक्दछ | |

स्वीकारोक्ति, सर्बतोमुख आयाममा निर्धारित रहन्छ | यस अर्थमा यसको बहुआयामिक भित्रको एउटा आयाम हो साहित्य | यसबाट के स्पष्ट हुन्छ भने “‘स्वीकारोक्ति’ इश्वरीय वरदान हो” भनिएको आधारमा साहित्य इश्वरको देन हो भनेर बुझिएमा त्यो न्यायिक ठहरिन्दैन | किन कि कुनै जीवित रूखलाई देखाएर हरियो रूख भन्न सक्छौ तर त्यसको अर्थ यो हुदैन कि त्यसमा फुलेको रातो फूललाई पनि हरियो भनिएकोहोस् | ‘स्वीकारोक्ति’ सिङ्गो बोट हो भने स्वीकृत साहित्य त्यसको फूल हो | फूललाई जस्तो रङ्ग छ त्यस्तै देख्नु पर्छ | यस मानेमा साहित्यलाई इश्वरमा विश्वास नगर्नेहरुले पनि ठुलै योगदान पुराएको छ भन्ने वास्तविकतालाई कदर गर्दै हामीले घोषित रूपमा साहित्यलाई इश्वरसँग जोडेका छैनौं | तर आखिर फूल बोटकै उपज भएको कारण यसलाई बोटबाट पूर्ण विछेद गरेर हेर्नु पनि त बिबेकी कार्य होइन | त्यसैले स्वीकृत साहित्यले इश्वरसँगको सम्बन्धमा आधिकारिक घोषणा नगरे पनि साहित्य इश्वरीय होइन भनेर मान्यता राख्दैन |
आज पनि गणेश, सरस्वती (Hindu God and Goddess respectively), सेशत(Seshat- Egyptain Goddess), हेर्मेस(Hermes- Greek God), थोथ(Egyptain God), स्योम्भू( Bhuddist God) आदि भगवानहरूलाई लेख्न, विध्य, साहित्य आदिको संरक्षक, पालक, देवी, खानी भनेर पुजिन्छ| आज हामी बाँचेको विकाशित भौतिक संसारको विकाश इश्वरमा आस्था राखेरै सुरू भएको हो भन्ने मान्यता अखण्डित छ | यी सम्पूर्ण कुरालाई मध्यनजर गरेर दुई किनारलाई छोएर नदि बगे जस्तै स्वीकृत साहित्य नास्तिक र अस्तिक दुवैलाई उतिकै मान्यताको साथ राखेर अस्तित्वमा रहन्छ |
वास्तवमा ‘अस्तित्वहरुको न्यायिक सम्बोधन’को लागि स्वीकारोक्तिले अंगालेको एउटा माध्यम हो साहित्य | र साहित्यको त्यो बृहत रुपलाई अटाउनेगरि स्थापना गरिएको आम मंच हो स्वीकृत साहित्य | साहित्य धार्मिक हुन्छ, काल्पनिक हुन्छ, राजनैतिक हुन्छ, वर्गीय हुन्छ, वैज्ञानिक हुन्छ, जनमूखी हुन्छ र हुन्छ वाद र सिध्दान्तमा आधारित आदि | साहित्यका यी विभिन्न पाटोहरू मध्धे कुनै एकमा स्वीकृत साहित्यले आफुलाई घोषित गर्छ भने त्यो स्वीकारोक्ति विपर्य हो |
यसै प्रसङ्गमा ‘अस्तित्वहरुको न्यायिक सम्बोधन’; स्वीकारोक्त आह्वान अन्तरगत स्वीकृत साहित्यले अर्को एउटा महत्वपुर्ण विषय के उठान गर्छ भने, शब्दलाई शब्दकोषीय अर्थमा मात्र सीमित नराखेर त्यसले प्रस्तुत गरेको मनोविज्ञान, आचरण, शैली, सस्कारलाई पनि केन्द्रमा ल्याउजुन पर्छ| जस्तो कि इश्वरीय भन्नले इश्वरको वा इश्वरसँग सम्बन्धित भन्ने अर्थ मात्र होइन आनन्दमयी, ऐश्वर्यशाली, निर्वानिक आदि भनेर प्रतिकात्मक रूपको पनि प्रतिनिधित्व गरेको हुनसक्दछ |