नाटकमार्फत रुपान्तरणको प्रयास

5 years ago Editor 0

हेम गिरी
नेपाल, शनिश्चरे
९ नोभेम्बर /

DSC00926

‘आखिर हाम्रो जीवन नाटक त हो नि’ भन्ने आवज सुनिँदै थियो । लाग्थ्यो, उनीहरुले नाटकको परिभाषा दिँदै थिए । यात्रुबस, चालक, खलासी, यात्रु सबै–सबै मान्छे यो दृश्य हेर्दै गरेको त्यो अपरिचितले नाटकलाई परिभाषित गर्न भ्यायो । बीच सडकमा एउटा मोटो कलाकार हाफ पाइन्ट लगाएर मुखले हर्न बजाउँदै गाडी कुदाईरहेको थियो । खलासी कोचाकोच यात्रु खाँद्दै थियो । केहि युवती र युवक गाडीमा झगडा गर्दै थिए । एउटी मोटी कालीकाली केटी, अर्की पातली गोरी खालकी केटी र छेउमै टाँसिएका थिए एकदुई अधबैंसे । छेउका किराना पसल र होटलका सञ्चालकहरलाई पेट मिच्नको दास्ती थियो । उनीहरुले जिन्दगीमा पहिलो पटक यस्तो बसगाडी देखेका थिए । जसमा सबै मान्छे–मान्छे ।
चालक मातेको घेरा बाहिर हुनेले पनि थाहा पाए । मोटी केटी ले त चालकलाई हप्काई पनि किन मापसे गरेर गाडी चलाको भनेर । पुलिसलाई बोलाई दिने पनि धम्की दिँदै थिइन् उनी । दुइवटा चोकबाट यात्रु ओराल्न चढाउँन नि भ्यायो खलासीले । हेर्दा हेर्दै गाडी दुर्घटनामा पर्यो र मरे सबै जना । मरेका मध्ये हेर्दै लागु पदार्थ प्रयोगकर्ता जस्तो देखिने एउटा पातलो केटो बिउँझियो । अरु सब घेरा बाहिर हराए भिडमा । त्यो त्यै केटाको सपना रहेछ । भोलि पल्ट सबैलाई उसले घटना सुनायो । साथीहरलाई घटना सुनाउँदा सुनाउँदै उसले एउटा जुक्ति पनि निकाल्यो । यस वर्षको दशंै तिहारमा सडक दुर्घटना कम गर्न मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कार्बाही गराउँन सबैयात्रु लाग्नुपर्छ भन्ने जनचेतना मुलक सडक नाटक प्रदर्शन गर्ने । उसको जुक्ति सबैले मन पराए । नाटक सकियो । अघि हाँस्ने जती सबैले ताली पड्काए । आफै नाटकको परिभाषा दिँदै गरेको मान्छे त्यो भिडमा कता हरायो कता ।

DSC00872

त्यो दृश्य कुनै काल्पनिक चलचित्रको नभएर सडक नाटकका प्रशिक्षार्थीहरले केहि सात अघि मोरङको शनिश्चरे शरणार्थी शिविरमा पस्ने मुख्य चौकमा प्रदर्शन गरेको सडक नाटकको दृश्य हो । शरणार्थी शिक्षाका लागि सहयोगी दातृ निकाय कारितास नेपालको सहयोगमा युथ फ्रेन्डली सेन्टर (वाइएफसी) ले आयोजना गरेको पाँचदिने सडक नाटक सम्बन्धी प्रशिक्षणको चौंथो दिन दोस्रो समूहले प्रदर्शन गरेको नाटक हो त्यो । यस्तै अरु तीन ओटा समूहले शिविरका अन्य चौकमा त्यसरी नै त्यहि नाटक प्रदर्शन गर्दै थिए । तर सबैका दृश्य भने फरक–फरक । कतै दर्शकको भिड त कतै दर्शक नै नाटकमा सहभागी हुने अवस्था ।
‘सारै रमाइलो भएको थियो’, सहभागी पुनम गजमेरको प्रतिक्रिया यस्तो छ । चारदिनको मेहनत पछि प्रशिक्षणका सहभागीहरुले त्यति आँट देखाएका हुन् । दर्शकको तालीले नाटकका सम्बन्धमा अरु मेहनत गर्न उर्जा मिलेको अनुभव सुनाउँदै थिए प्रशिक्षार्थीहरु ।
माला राई, सुमन राई, सन्तोष राई र पासाङ दोर्जीले एउटा–एउटा समुहको नेतृत्व गर्नुभएको थियो । र शिविरको प्रवेशद्वारमा नाटक देखाउने समह पनि पासाङ कै थियो । शरणार्थीको बेलडाँगी र शनिश्चरे शिविरका युवा–युवतीसँगै मिसिएका थिए । तीस जनाको यो समूहमा ८ जना स्थानीय किशोर किशोरी पनि । तिनै लाई चार समूहमा बाँढिएको थियो । पाँचौ दिन उनीहरुले देखाए आफूभित्रको कलाकारिता । तीन दिनसम्म चुपचाप बस्ने सहभागी पनि हिच्किचाएनन् आफुलाई कथामा ढाल्न । समापन कार्यक्रमका लागि भेला भएका कारितस नेपालका प्रतिनिधि साथै अरु अतिथि समेत मुग्ध हुने गरि नाटकमा डुबे र डुबाए उनीहरुले ।

DSC00932

पहिलो पटक नाटक सिक्न र अभिनय गर्न आएका उनीहरुलाई पाँच दिनमा अभिनय पोखरीमा धकेल्दै थिए कलाकार सोनु जयन्ती र उनलाई साथ दिनेमा थिए अर्का कलाकार यात्री शेखर । नाटक सकेपछि समापनमा सहभागीहरुले आफूमा परिवर्तन आएको सुनाए । ‘आफू भित्रको क्षमता चिन्ने मौका पायौं’, माला राई र सुमन राईले एकै स्वरमा भन्नुभयो ।
सहभागीहरुमा देखिएको परिवर्तन वास्तवमै प्रशंसा गर्न लायक देखिन्थ्यो । पाँच दिनको बसाईमा उनीहरु आफूभित्रको प्रतिभालाई समाजका समु पोख्न सक्ने भएको थिए । सहभागीहरु प्रशिक्षण र अभियनको पक्षमा कति खारिए वा दक्षा भए, त्यो उनीहरुको आगामी प्रयत्नले पनि देखाउने कुरो हो । तर, उनीहरुमा जुन रुपान्तरणको सकरात्मक सोचको विकास भयो, यो पक्ष निश्चय नै महत्व राख्ने पक्ष हो ।