छुरा प्रहारबाट मृत्यु

4 years ago Editor Comments Off on छुरा प्रहारबाट मृत्यु

नेपाल, झापा
९ नोभेम्बर /

डाईस खेल्ने–खेलाउनु निहुमा भएको झगडामा गएराति दमकका एक युवकको मृत्यु भएको छ ।
छठ पूजामा स्थानीय रतुवा खोलामा डाइस खेलमा भएको झगडामा दमक–१२ का २२ वर्षीय दावा शेर्पाको छुरा प्रहारबाट मृत्यु भएको ईलाका प्रहरीले कार्यलयले जनाएको छ ।
गएराति १२ बजे भएको घट्नामा गम्भीर घाइते भएका शेर्पाको उपचारका क्रममा मृत्यु भएको थियो ।
मृतक शेर्पाले डाइस खेलाई रहेकालाई गालीगलौज गरेपछि विवाद वढेको थियो । यसै क्रममा डाइस खेलाउने समूह मध्येका एकजनाले शेपालाई छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।
घट्नामा संलग्न रहेको आशंकामा प्रहरीले दमक–१२ का १९ वर्षीय कुमार भुजेल र वर्ष १८ का रोहन श्रेष्ठलाई पक्राउ गरेको छ ।