टोलीले जंगलमा हात्ती भेटेन

5 years ago Editor 0

नेपाल, बेलडाँगी
८ नोभेम्बर

hathi dhapauna gaeko toli

झापाको दमकस्थित उत्तरी क्षेत्रमा पर्ने हंसे दुम्से सामुदायिक वन हातामा केही दिनयता बस्दै आएको र हात्तीले स्थानीय वस्तीहरुमा दैनिकजसो उपद्रो मच्चाउन थालेपछि शुक्रबार हात्ती धमाउँन गएको जिल्ला बन कार्यालय, शसस्त्र प्रहरी बेलडाँगी १ र २ को सुरक्षाकर्मी टोली सहित शरणार्थी र स्थानीय बासिन्दाको संयुक्त टोलीले जंगलमा हात्ती फेला पार्न सकेन ।
हात्ती धपाउन गएको टोलीले जंगलमा कतै पनि हात्ती नदेपछि हात्ती जंगलबाट अन्यत्र गएको अनुमान गरिएको छ । हात्ती धपाउँन शसस्त्र प्रहरी बेलडाँगी १ का सशस्त्र प्रहरी निरीक्षक कृष्ण पौडेल, बेलडाँगी २ का दिलबहादुर बडुवाल र जिल्ला वन कार्यालयका सुवेदार हरि विकको कमाण्डमा छुट्टाछुट्टै तीन ओटा टोली खटिएको थियो । यसका अतिरिक्त स्थानीय हात्ती पीडित समूदायका तर्फबाट सयौंका संख्यामा मानिस परिचालन गरी हात्ती धापाउन जुटेको हंसे दुम्से सामुदायिक बनका अध्यक्ष हिमालय प्रसाद दाहालले जानकारी दिए।
हात्तीले हालसम्म भुटानी शरणार्थी शिविरका २० घर, स्थानीय बासिन्दाका करिब एक दर्जन संख्यामा घर भत्काएको छ भने टूलो परिमाणमा उखु, धान र केरा लगायतका बाली नाली नष्ट गरेको छ ।
दैनिक जसो हात्तीले दुःख दिने र भित्र्याउन लागेको बालीनाली समेत हात्तीले नष्ट गरिदिने तथा घर टहरा समेत भत्काउन थालेपछि वनबाट हात्ती धपाउनका निम्ति स्थानीय हात्ती पीडित समूदायले बारम्बार प्रशासन समक्ष माग गर्दै आएको थियो ।
केही दिनयताको हात्ती विताण्डका कारण करिब १० लाख मूल्य बराबरको क्षति भएकोे हंसे दुम्से सामुदायिक वनले दावी गरेको छ। यसैबीच हात्तीले वन हाताभित्र दर्जनौं संख्यामा रुख समेत ढालेको पाइएको स्थानीय पत्रकार डिकेश लामाले जानकारी दिनुभयो ।