क्यानडामा दिपावली विशेष कार्यक्रम

5 years ago Editor 0

क्यानडा
७ नोभेम्बर /

भूटानी नेपाली समाज क्यानाडा सेन्ट जोनले दिपावलीको अवसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
‘आफ्नो भाषा, संस्कृतिलाई संरक्षण गरौं’ भन्ने मूल उद्देश्यका साथ क्यानडा सेन्ट जोनमा पुनर्वास भएका नेपालीभाषी भूटानीहरुले कार्यक्रम आयोजना गरेका थिए ।
नोभेम्बर ४ तरिक सोमबारको दिन ब्लक मार्च सर्कल हल भित्र राखिएको थियो । भूटानी शणार्थी शिविर बेलडाँगी ३ बाट पुनर्वास हुनुभएका शिक्षक बासु अधिकारीले स्वागत मन्तव्यको साथ यस कार्यक्रमको उदघाटन गरेका थिए ।
कार्यक्रममा विभिन्न गीत, नृत्य लगायतका प्रस्तुतिहरु राखिएको थियो । कार्यक्रममा लाक्पा तामाङ, पदम सुबेदी, दावा तामाङ, र अशोक सुबेदीले गीत प्रस्तुत गर्नुभएको थियो । त्यस्तै नृत्यमा भने सुमित्रा सुबेदी, सीता सुबेदी, जानुका न्यौपाने, सृजना क्षेत्री, अजय तामाङ, रोहन तामङ लगायत अन्य कलाकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम र सांस्कृतिको बारेमा भूटानबाट तिलक चौहान र क्यानाडाबाट माइकले बोलेका थिए । यस कार्यक्रमको सञ्चालन भने बासु अधिकारीले गर्नुभएको थियो ।