अब निर्वाचन रोकिन्न : ओली

5 years ago Editor 0

नेपाल, झापा
२१ कार्तिक

kp

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी समिति सदस्य तथा झापा क्षेत्र नम्बर ७ का प्रत्यक्ष उम्मेद्वार केपी शर्मा ओलीले कसैले चाह“दैमा अब निर्वाचन नरोकिने दावी गर्नुभएको छ ।
आज बिहीबार बिहान झापाको दमक–१ स्थित स्वर्गीय डम्बर श्रेष्ठको घरमा किरियापुत्रीहरुस“ग समवेदना सहित भोट माग्न पुग्नु भएको नेता ओलीले सो बताउनु भएको हो ।
उहा“ले आसन्न संविधानसभाको निर्वाचन नै संविधान निर्माणका निम्ति अन्तिम निर्वाचन भएकाले पनि यसलाई परिवर्तनमुखी बनाउनु पर्नेमा जिकिर गर्नुभयो ।
अब निर्वाचन सार्ने हल्ला गर्नु भनेको जनताका आकांक्षा विरोधी कदम चाल्नु हो भन्दै ओलीले चुनाव सार्ने हल्लामा विश्वास नगर्न समेत आग्रह गर्नुभयो ।
आज बिहीबार बिहान नै दमक–१ र १२ नम्बर वडाका विभिन्न गा“उ, बस्तीहरुमा भएका घरदैलो तथा चुनावी कोणसभाहरुमा सम्बोधन गर्नुहुदै नेता ओलीले लोकतान्त्रिक संविधान निर्माण गर्न तथा देशलाई राजनीतिक, संवैधानिक रुपमा अग्रगमन तर्फ लैजाने विकल्प समेत निर्वाचन मात्रै रहेको स्पष्ट पार्नुभयो ।
नेता ओली हिजो मात्र गृह जिल्ला आईपुग्नु भएको हो । उहाँ केहिदिन सम्म दमकका चुनावी कार्यक्रमहरुमा सहभागी हुनुहुने बताईएको छ ।