बहुपहिचानले द्वन्द्व निम्तन्छ : शेर्पा

5 years ago Editor Comments Off on बहुपहिचानले द्वन्द्व निम्तन्छ : शेर्पा

नेपाल, झापा
कमन देवान

IMG_1717

७ नोभेम्बर /
संघीय समाजवादी पार्टी, नेपालका स्थायी समिति सदस्य तथा प्रवास इञ्चार्ज आङकाजी शेर्पाले एमाले र कांग्रेसले ल्याएको बहुपहिचानको नाराले मुलुकमा द्वन्द्व निम्तने आरोप लगाउनु भएको छ ।
आज बिहीबार बिहान झापाको दमकमा संघीय प्रेस युनियन झापाको आयोजनामा सम्पन्न पत्रकार सम्मेलनमा बोल्दै नेता शेर्पाले सो आरोप लगाउनु भएको हो ।
नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहनुभएका शेर्पाले आदिवासी जनजातिहरुको सभ्यता र अस्तित्वका आधारमा पहिचन सहितको संघीयता नभए मुलुकमा उत्पीडन र द्वन्द्वको अन्त्य नहुने जिकिर गर्नुभयो ।
मेची खोलाको कुरा गरेर त्यसको छेउमा बस्ने लिम्बूलाई वा सगरमाथाको शिरको कुरा गरेर त्यसको फेदीमा बस्ने शेर्पा जातिलाई बिर्सने एमाले–कांग्रेसको अवधारणा अव्यवहारिक रहेको समेत तर्क गर्नुभयो ।

IMG_1724

उहाँले जातीय, भूगोल, भाषिक, सांस्कृतिक पहिचानका आधारमा प्रदेशहरुको नामाकरण हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको स्पष्ट पार्नुभयो ।
पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान निर्माणका निम्ति संघीयता पक्षधरहरुबीच चुनावी तालमेल हुनुपर्ने धारणा राख्दै शेर्पाले पहिचान सहितको संघीयताको विरोधमा वहस गर्नेहरु मंसिर ४ को निर्वाचनबाट बढारिने स्पष्ट पार्नुभयो ।
कार्यक्रम युनियनका केन्द्रीय सदस्य कमन देवानको अध्यक्षतामा सम्पन्न भएको थियो भने युनियनका झापा संयोजक डिकेश लामाको सञ्चालन रहेको थियो ।

भिडियो हेर्नुहोस…..