जनताको अधिकारको रक्षा एमाओवादीले गर्छ : प्रचण्ड

5 years ago Editor 0

कमन देवान

सभालाई सम्बोधन गर्दै प्रचण्ड
सभालाई सम्बोधन गर्दै प्रचण्ड

 अभियानका लागि ट्रकमा सवार एमाओवादी शीर्ष नेताहरु

अभियानका लागि ट्रकमा सवार एमाओवादी शीर्ष नेताहरु
अभियना हेर्न सहभागी माओवादी कार्यकर्ता तथा सर्वसाधारण जनता
अभियना हेर्न सहभागी माओवादी कार्यकर्ता तथा सर्वसाधारण जनता
अभियना हेर्न सहभागी माओवादी कार्यकर्ता तथा सर्वसाधारण जनता
अभियना हेर्न सहभागी माओवादी कार्यकर्ता तथा सर्वसाधारण जनता

नेपाल, झापा
६ नोभेम्बर /

एकीकृत नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले जनताको सार्वभौम अधिकारको रक्षा एमाओवादीले मात्रै गर्न सक्ने जिकिर गर्नुभएको छ ।
एमाले र कांग्रेसले लामो समय सम्म नेपाली राजनीतिमा विकृति भित्र्याएको तथा परिवर्तनका पक्षमा काम नगरेकाले अबको देश र जनताको अधिकारलाई स्थापित गराउन जिम्मा एमाओवादीको काँधमा आएको अध्यक्ष दाहालको भनाई थियो । उहाँले गणतन्त्र, धर्म निरीपेक्ष र पहिचानको मुद्दालाई जनताको बलिदानबाट प्राप्त भएका र ती अधिकारलाई संस्थागत गराउन एमाओवादीको बहुमत सरकार आवश्यक भएको बताउनुभयो ।

बुधबार बिहान पूर्वी नेपालको काँकडभिट्टाबाट मेची महाकाली राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै प्रचण्डले भन्नुभयो –‘जनताको अधिकारलाई स्थापित गराउन, पहिचान र परिवर्तनको पक्षमा नेपाली जनताले एमाओवादीलाई साथ दिने छन् ।’
यो अभियान एमाओवादीको मात्र नभएर देश र परिवर्तनको पक्षमा जनमत सृजना हुने उहाँको टिप्पणी थियो । उहाँले भन्नुभयो–‘यो अभियान आफैमा आन्दोलन र सन्देशमूलक भएकाले जनताले साथ दिने छन् ।’
अबको निर्वाचनबाट त्यही परिवर्तनको पक्षधर एमाओवादीले बहुमत ल्याउने अध्यक्ष दाहालको दावी थियो । उहाँले जनतालाई मालिक बनाउने मुद्दा बोकेको पार्टी एमाओवादी मात्र भएकाले जनताले आसन्न निर्वाचनमा जिताउने बताउनुभयो ।

सभालाई एमाओवादीका बरिष्ट नेता तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायतले सम्बोधन गर्नुभएको थियो । सभामा झापा र मोरङ जिल्लाका एमाओवादीका प्रत्यक्ष तथा समानुपातिक उम्मेद्वारहरु समेत सहभागी हुनुुहुन्थ्यो । सभामा राष्ट्रिय गायकहरु शम्भु राई, जेवी टुहुरे, सङ्गीतकार चेतन सापकोटा, लगायतले एमाओवादीका पक्षमा मतदान गर्न आव्हान गर्दै विभिन्न सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
सात दिनसम्म चल्ने मेची–महाकाली अभियान अन्तर्गत तराई मधेसका विभिन्न २२ जिल्लाका एकसय १६ ओटा निर्वाचन क्षेत्रहरुमा एमाओवादीका शीर्ष नेताहरुले सहभागी हुने तथा सम्बोधन गर्ने कार्यक्रम रहेको एमाओवादी केन्द्रीय समितिले जनाएको छ ।

अभियान व्यवस्थापनको जिम्मेवारी सम्बन्धित राज्य कार्यालयले गर्नेछ भने स्थानीय सुरक्षाकर्मीहरु र पार्टीका स्वयंम्सेवकहरुले सुरक्षा प्रदान गर्नेछन् । अभियानमा पुर्वी तराईको झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा हुँदै मध्य तराईका धनुषा, महोत्तरी, वारा, पर्सा, रौतहट, मकवानपुर र चितवनका विभिन्न ठाउंँमा विशेष कार्यक्रमहरु हुने छन् । यसैगरी पश्चिम तराईका नवरपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बांके, बर्दिया, धनगढी र कञ्चनपुरका ४५ मुख्य शहरहरुमा कोणसभा तथा विशेष अभियान सञ्चालन गरिने माओवादीले जनाएको छ ।
गत संविधानसभा निर्वाचनमा तराईका निर्वाचन क्षेत्रहरुबाट अपेक्षित नतिजा ल्याउन नसकेको एमाओवादीले यस पटक तराई केन्द्रीत राजनीतिक गतिविधिलाई व्यापकता दिएको छ ।