खुकुरी प्रहार गरी हत्या

5 years ago Editor 0

bb

नेपाल, सुनसरी
५ नोभेम्बर
सुनसरीको इटहरीमा एक व्यक्तिले खुकुरी प्रहार गरी सासुको हत्या गरेका छन् ।
सामान्य घरायसी विवादका क्रममा अनिल चौधरीले खुकुरी प्रहार गरी उनकी ४५ वर्षीया सासु उनम सहनीको हत्या गरेका हुन् ।
चौधरीले सोमबार सहनीलाई घाँटीमा खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएपछि उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लागिएकोमा उपचारकै क्रममा गएराति उनको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
हत्या अभियोगमा चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।