बाइकबाट लडेर मृत्यु

5 years ago Editor 0

/

नेपाल, झापा
५ नोभेम्बर
मोटरसाइकल सिक्ने क्रममा लडेर झापाको दमकमा एक जनाको मृत्यु भएको छ ।
सोमबार दिउँसो दमक ६ स्थित अक्सफोर्ड बोर्डिङ स्कूलको मैदानमा मोटरसाइकल सिक्ने क्रममा लड्दा सोही ठाउँका ३६ बर्षिय चन्द्र दाहालको मृत्यु भएको हो ।
लडेर गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारकै क्रममा गएराति उनको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।