खुकुरी प्रहारबाट भारती घाइते

5 years ago Editor 0

४ नोभेम्बर
नेपाल, बेलडाँगी /

खुकुरी प्रहारबाट झापा दमकको भूटानी शरणार्थी शिविर बेलडाँगीका एक युवा घाइते भएका छन् ।
घाइते हुनेमा वेलडाँगी २ सेक्टर वी÷२ घर नं. १०७ का विनोद भारती रहेका छन् । सामान्य विवादका क्रममा उनीमाथि मादक पदार्थ सेवन गरेका मनोज तामाङले खुकुरी प्रहार गरेको पीडितले जानकारी दिएका छन् । साथीसँग बसेर कुराकानी गरिरहेको अवस्थामा मादक पदार्थ सेवन गरी आएका तामाङले पीडित भारतीसँग अनावश्यक निहु खोजेका थिए । सम्झाउने क्रममा तामाङले आफूमाथि खुकुरी प्रहार गरेको भारतीको भनाई छ ।
घाईते भारतीको घाँटीमा चोट लागेको र हाल दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालले जानकारी दिनु भयो ।