नेकपा–माओवादीका झापा इञ्चार्ज पक्राउ

5 years ago Editor 0

नेपाल, झापा
४ नोभेम्बर /

प्रहरीले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका झापा जिल्ला ईञ्चार्ज तथा केन्द्रीय सदस्य डिल्ली घिमिरे (हिक्मत) लाई पक्राउ गरेको छ ।
घिमिरेलाई मेचीनगर–१० का“कडभिट्टाबाट आइतबार राति ११ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घिमिरेलाई जिप्रकाको हिरासतमा राखिएको बुझिएको छ ।
दुई दिनअघि बनियानीमा भएको एमाओवादी सभाका लागि छुटेको बसमा आगजनी गरेको आरोप माओवादीमाथि लागेको छ । सो दिन एमाओवादी नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले झापाको बनियानीमा सम्बोधन गर्ने कार्यक्रम विथोल्न नेकपा–माओवादीका कार्यकर्ताले बाटोमा रुख ढालेर अवरोधको प्रयास गरेका थिए ।
झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतले घिमिरेलाई पक्राउ गरिएको पुष्टि गर्नुभएको छ ।