नेपाल सम्वत् ११३४ आजदेखि सुरु

5 years ago Editor 0

नेपाल
४ नोभेम्बर /

swakhna

नव वर्ष नेपाल सम्वत् ११३४ आजदेखि प्रारम्भ भएको छ ।
नेपाल सम्वत्का प्रवर्तक शङ्खधर साख्वाः हुनुहुन्थ्यो । राष्ट्र र राष्ट्रवासीप्रतिको जिम्मेवारी बोध गरी जनतालाई ऋणमोचन गरी नयाँ सम्वत् चलाएको कदरस्वरूप नेपाल सरकारले उहाँलाई राष्ट्रिय विभूति घोषणा गरेको छ भने नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता प्रदान गरेको छ ।
शङ्खधरले ईस्वी सम्वत् ८८० मा यो सम्वत् चलाएको इतिहासकार स्व. भुवनलाल प्रधानले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ ।
सरकारले २०५८ साल मङ्सिर २ गते शङ्खधरलाई राष्ट्रिय विभूति घोषणा गरेको हो ।
नेपाल सम्वत् कुनै जाति विशेषको नभई समस्त नेपालीको मौलिक सम्वत् हो ।
नेपालमा विसं २००७ मा प्रजातन्त्रको उदय भएदेखि नै नेपाल सम्वत्लाई पुनःस्थापित गराउन विभिन्न प्रयास हुँदै आएको थियो ।
आज नै राष्ट्रपति रामवरण यादवले नेपाल सम्वत् ११३४ को पावन अवसरमा समस्त देशवासीमा शुभकामना सन्देश दिनुभएको छ ।