भाइटीकाको साइत ११ बजेर २७ मिनेटमा

4 years ago Editor 0

vaitika1

नेपाल, झापा
४ नोभेम्बर /
भाइटीका लगाउन मंगलबार बिहान ११ बजेर २७ मिनेट जाँदाको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यद्यपि भाइटीकाको दिन मंगलबार दिनभरि नै राम्रो साइत भएकाले आफू अनुकूल लगाउँदा राम्रो हुने समितिले जनाएको छ ।
भाइटीकामा दिदी बहिनीले दाजु–भाइलाई सु–स्वास्थ्य र दीर्घायुको कामना गर्दै निधारमा सप्तरङ्गी टीका र गलामा मखमलीको माला पहिराउने परम्परा रहेको छ । साथै दाजुभाइलाई मीठो परिकार पकाएर खुवाउने समेत प्रचलन छ ।
दाजुभाइले समेत टीका थापेपछि चेलीबेटीलाई गच्छे अनुसारको उपहार, नगद, गरगहना आदि दिने परम्परा छ । तिहारको सप्तरङ्गी टीकाको महत्व हिन्दु धार्मिक मान्यता अनुसार यमराजसँग जोडिएको छ । चेलीको आशिर्वादले मृत्युलाई समेत रोक्ने र दीर्घायु प्राप्त हुने जन विश्वास छ ।