5 years ago Editor 0

नेपाल, बेलडाँगी
४ नोभेम्बर /

1451943_685169138163064_1330467040_n

998787_684767471536564_281035992_n

1001437_684773724869272_601850646_n

1395954_684790471534264_1930651779_n

1381378_685179248162053_1609101591_n
झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा लक्ष्मी जयन्ति भव्यताका साथ मनाइएको छ ।
ग्लोबल भुटनिज लिटरेरी अर्गनाइजेशन (जिबिएलओ) को आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५ औं जन्मजयन्ति भव्यताका साथत सम्पन्न गरिएइको हो ।
कार्यक्रममा शिविर व्यवस्थापन समितिका सचिव सञ्चहाङ सुब्बाको प्रमुख आतिथ्य रहेको थियो भने साहित्यकार तथा चलचित्रकर्मी प्रकाश आङ्देम्बेको विशिष्ट आतिथ्य रहेको थियो ।
कार्यक्रममा स्रष्टाहरु सुन्दर कुरुप, याम थुलुङ, विवश बलिभद्र कोइराला, राजकुमार सुब्बा ‘अनिश्चित’ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका बीच शिविरका अग्रज समाजसेवी हस्त पौडेललाई समाजसेवी सम्मान र युवा कवि विक्रम साम्पाङलाई युवा प्रतिभा सम्मानबाट सम्मानित गरिएको थियो ।
साथै कार्यक्रमका दौरान शान्तिको कामना गर्दै १०८ दीप प्रज्वलन समेत गरिएको थियो भने स्वीकारोक्ति देउसी–भैलो कार्यक्रम उद्घाटन तथा अन्तर शिविरस्तरीय कविता प्रतियोगिता समेत सम्पन्न भएको थियो भने सहभागीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।