बहिस्कारवादीलाई वार्तामा बोलाऊ : नेम्बाङ

4 years ago Editor 0

नेपाल, झापा
४ नोभेम्बर

बिघटित संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्बाङले निर्वाचन बहिष्कार गर्ने दलहरुलाई सरकारले अविलम्ब वार्तामा बोलाउनु पर्ने बताउनु भएको छ ।
इलाम क्षेत्र नम्बर २ का लागि नेकपा एमालेका तर्फबाट प्रत्यक्ष उम्मेद्वार रहनुभएका नेम्बाङले बिगतमा वार्ता गरेर बिचैमा छाड्नु सरकारको कमजोरी रहेको आरोप लगाउनु भयो ।
आज सोमबार बिहान दमकमा सञ्चारकर्मीहरुस“ग संक्षिप्त कुरा गर्दै नेम्वाङले भन्नु भयो –‘निर्वाचन कार्यक्र बहिष्कार गरेका नेकपा माओवादी र कुमार लिङदेनको लिम्बुवान राज्य परिषद्स“ग सरकारले वार्तालाई निरन्तरता दिनु पर्दछ ।’
सबैको सहभागितामा हुने निर्वाचन र त्यसले दिने संविधान सबैका लागि मान्य हुने भन्दै नेम्बाङले आफू बिगतदेखि नै सबैको सहमतिमा हुने निर्वाचनको पक्षमा रहेको समेत दावी गर्नुभयो ।
गत वर्ष जेठ १४ गते राति संविधानसभा बिघटन भएपछि नेम्बाङलाई कुमार लिङ्देन नेतृत्वको परिषद्का कार्यकर्ताले निर्वाचन क्षेत्र प्रवेश तथा उहाँको गृह जिल्ला पाँचथर प्रवेशमा रोक लगाउँदै आएको छ । सो क्रममा पटक–पटक झडप समेत हुँदै आएका छन् । नेम्बाङमाथि लिम्बुवान सम्बद्ध कार्यकर्ताहरुले लिम्बुवान स्वायत्त राज्यको हत्याराको समेत आरोप लगाउने गरेका छन् ।