बेस हजुर

5 years ago Editor 0

मुटुको घाऊ अब धेरै नदुःखेकै बेस हजुर,
संसारबाट माया शब्द हटाएकै बेस हजुर ।

टुकी बाल्नै पर्छ भने सुर्य नभएकै बेस हजुर,
थोरै उज्यालो दिनमात्रै जून नआएकै बेस हजुर ।

टुटिजाने सिसाको महल नबनाएकै बेस हजुर,
प्यासै नमेट्ने समुन्द्र नबगेकै बेस हजुर ।

झुटो माया संसारमा नगाँसेकै बेस हजुर,
छोडी जाने निस्ठुरीलाई नभेटेकै बेस हजुर ।

क्षणिक राम्रो इन्द्रेनी नदेखिएकै बेस हजुर,
मुटु सबै पत्थरले बनिदिएकै बेस हजुर ।

BY-राकेस काफ्ले