ओ.बि.सी. ए.को पाचौं राष्ट्रिय सम्मेलन सम्पन्न

3 years ago Editor 0

फोर्ट वोर्थ, जुन १५ | ओ.बि.सी.ए.को(organization of Bhutanese Communities in America) दुई दिने पाचौं राष्ट्रिय सम्मेलन, अमेरिकाको टेक्सास राज्य अन्तरगत फोर्थ वोर्थ शहरमा जुन १३-१४ तारिक बीच सफलतापूर्वक सु-सम्पन्न भएको छ | श्री डी. बि. कुलुंग अध्यक्षमा निर्वाचित हुनुभएको छ भने श्री दिलिप दाहाल उपाध्यक्ष, श्री पदम भारती सचिव, श्री ऐता राई कोष-अध्यक्ष, श्री कर्ण गुरुङ प्रचारप्रसार सचिव, श्री दिपक गजमेर सांस्कृतिक सचिव र श्री जितु बस्नेत खेलकुद सचिवमा चयन भएका छन् |

डा. शालिग्राम भट्टराईको प्रमूख आतिथ्य रहेको सम्मेलनको पहिलो दिनको खण्डमा

OBCA 5th National Convention Remained Successful
OBCA 5th National Convention

पुरनार्वासमा देखिएका विभिन्न समस्या र सम्बन्धित मुद्धा माथि बृहत् छलफल हुनुको साथै विभिन्न राज्यका ओ.बि.सी.ए प्रतिनिधिले आ-आफ्नो राज्यको गतिबिधि माथि प्रकाश परेका थिए |

UNHCR नेपाल प्रतिनिधि श्री क्रैग संदेर्स (Craig Sanders) को आतिथ्यमा सम्पन्न सम्मेलनको दोश्रो खण्ड थप बिशेष रहेको बताउछन् नव निर्वाचित अध्यक्ष श्री डी.बि. कुलुंग | ओ.बि.सी.ए सँगको उनको बसाईमा, ओ.बि.सी.ए. ले पुनर्वास नभएका भूटानी शरणार्थीमा अबको दिनमा देखा पर्ने समस्या समाधानमा UNHCRलाई के कसरी सहयोग पुराउन सक्छ भन्ने चासो राखेका थिए | उनीसंग बसेको बैठकको प्रश्न-उत्तर खण्डमा उपस्थित जनसाधारणले पनि आफ्नो र आफन्त, पुनर्वास सम्बन्धी जिज्ञासा राख्ने मौका पाएका थिए |

स्थानीय तथा आमन्त्रित कलाकारहरुले गीत-संगीत, नित्य प्रस्तुत गर्नुको साथै, साहित्यिक पस्तुति, मानसिक स्वास्थ्य सम्बन्धि कार्यशाला र ओ.बि.सी.ए. द्वारा निर्मित चलचित्र “सुरुवात” पनि प्रदर्शन गरिएको सो सम्मेलन रमाइलो, रोचक साथै अर्थपूर्ण रहेको सहभागीहरुको निष्कर्ष रहेको छ |