समाजवादी–फोरम एकता सम्पन्न

3 years ago Editor 0

काठमाडौं ।

पार्टी एकीकरणपछि मञ्चमा सहभागी नेतागण ।
पार्टी एकीकरणपछि मञ्चमा सहभागी नेतागण ।

पहिचानसहितको संघीय संविधान निर्माणका लागि आन्दोलनरत तीन राजनीतिक पार्टीबीच सोमबार औपचारिक एकीकरण भएको छ । उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल, अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी नेपाल र युवराज कार्की नेतृत्वको खस समावेशी राष्ट्रिय पार्टीबीच औपचारिक एकता भएको हो । एकीकरणपछि नया“ पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल राखिएको छ । पार्टीको झण्डा समाजवादीको र चुनाव चिन्ह फोरमको मसाललाई मान्ने निर्णय भएको छ । संघीय समाजवादी फोरम नेपालको अध्यक्ष उपेन्द्र यादव चयन हुनुभएको छ । त्यस्तै अशोक राई वरिष्ठ नेता र युवराज कार्की उपाध्यक्ष चयन हुनुभएको छ । सोमबार पार्टी एकीकरणको घोषणासभापछि जारी केन्द्रीय समितिको नामावली अनुसार सह–अध्यक्षमा राजेन्द्र श्रेष्ठ, उपाध्यक्षहरूमा रकम चेम्जोङ, लालबाबु राउत, रेणुकुमारी यादव र हेमराज राई रहनुभएको छ । त्यस्तै रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव महासचिव चयन हुनुभएको छ । दानबहादुर विश्वकर्मा र अभिषेकप्रसाद साह उप–महासचिव र रत्नेश्वरलाल कायस्थ सचिव चयन हुनुभएको छ । कोषाध्यक्षमा विजय यादव चयन हुनुभएको छ भने दुर्गामणि देवान केन्द्रीय निर्वाचन समितिको सभापति र केन्द्रीय सल्लाहकार समिति सभापतिमा मङ्गलसिद्धि मानन्धर चयन हुनुभएको छ ।