भूकम्पका कारण मर्नेको संख्या ८८ सय नजिक

3 years ago Editor 0

काठमाडौं ।

बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको संख्या ८ हजार ७ सय ८६ पुगेको छ भने २२ हजार ३ सय ३ जना घाइते भएका छन् ।
भूकम्पबाट मृत्यु हुनेहरुमा उपत्यकामा १ हजार ७ सय ३२, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा ६ हजार ५ सय ३३, पश्चिम क्षेत्रमा ४ सय ६१ र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् । प्रहरीका अनुसार भूकम्पका कारण घाइते हुनेमा उपत्य10689437_10153209880102332_608337804371754487_nकामा १३ हजार १ सय २, पूर्व क्षेत्रमा ४ सय ५२, मध्य क्षेत्रमा ७ हजार ४ सय ७०, पश्चिम क्षेत्रमा १ हजार २ सय ४१, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् । मृतक ८ हजार ७ सय ५१ जनाको शव आफन्तलाई बुझाई सकिएको छ । त्यस्तै प्रहरीले दिएको जानकारी अनुसार घाइतेमध्ये १ हजार ९ सय ३७ जना विभिन्न अस्पतालमा उपचाररत छन् । विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६७ हजार १ सय ८८, पूर्व क्षेत्रमा ४५ हजार ९ सय ३०, मध्य क्षेत्रमा २ लाख ८ सय ६२, पश्चिम क्षेत्रमा १ लाख ४५ हजार ३ सय २६, मध्य पश्चिम क्षेत्रमा १० हजार ८५ र सुदूर पश्चिम क्षेत्रमा १ सय ४८ गरी ४ लाख ६९ हजार ५ सय ३९ भौतिक संरचना क्षति भएका छन् ।