अमेरिकामा ‘चर्किएको भुइँ’को चर्चा

3 years ago Editor 0

Jamkabhet Ramailo
टेक्सास, भुटान दर्पण; मार्च ३०, २०१५
विस्व भुटानी साहित्यिक संघठन, टेक्सस राज्य समितिको आयोजनामा २९ मार्च, २०१५ आइतबारका दिन, दार्जिलिङ्गका कवि कर्ण विरहको कविता संग्रह ‘चर्किएको भुइँ’को चर्चा परिचर्चा कार्यक्रम अमेरिकाको टेक्सास राज्यको अर्भिन शहरमा रहेको रमाइलो रेस्टुरेण्टमा सुसम्पन्न भयो । सोही कार्यक्रमले गत मार्च महिनाको ८ तारिक भुटानी स्रष्टाहरुको विभिन्न नवा प्रकासित कृतिहरुमा चर्चा परिचर्चा गरी सकेको छ । अघिल्लो विशेष कार्यक्रममा विश्वा भुटानी साहित्यिक संघठन द्वारा प्रकासित ‘स्विकारोक्ती’, गजलकार पातलो अन्तरेको ‘अन्तरे’ गजल सङ्ग्रह, दावा मोक्तानको ‘फाटेको मन’ रुबाइ सङ्ग्रह, लीला निशाको ‘बुदो रुख र सन्नानीको इन्द्रेनी’ कविता सङ्ग्रह र साल्दाईको ‘साल्दाइको अपेक्षा’ कविता संग्रह लगायत अन्य नवा प्रकाशित कृतीहरुको चर्चा गरिएको थियो ।
२९ मार्च, २०१५ आइतबार दिउसो तिन बजे देखि पाँच बजेसम्म रहेको ‘स्रस्टा जम्काभेट – विशेस प्रस्तुती’ कार्यक्रमलाई दुइ खण्डमा बिभाजन गरिएको थियो । कार्यक्रमको पहिलोमा खण्ड दार्जिलिङ्गका उदयमान कवि कर्ण विरहले ‘जी. बि. एल. ओ.’लाई मायाको चिनो स्वरुप पठाउनु भएको कविता संग्रह ‘चर्किएको भुइँ’ माथि साहित्यिक र सामाजिक आकाशमा ख्यातिप्राप्त व्यक्तित्वहरु द्वारा उक्त संग्रह प्रति विचार विश्लेषण गर्ने थियो भने कार्यक्रमको दोश्रो खण्डमा रचना वाचन रहेको थियो । पहिलो खण्डको कार्यक्रम गजलकार पातलो अन्तरेले संचालन गर्नु भएको थियो भने दोश्रो खण्डको कार्यक्रम स्रस्टा जम्काभेटका कार्यक्रम संयोजक वशन्त दिक्तेलीले संचालन गर्नु भएको थियो ।
कृति समीक्षाका क्रममा ‘जि. बि. एल. ओ.’ अध्यक्ष र स्वीकारोक्ति सिद्धान्तका प्रतिपादक डेन्जोम साम्पाङ्गले कवि कर्ण विरह सरल शब्दावलीहरुमा रमेर, जिवन र सृजनालाई एकै मान्ने एक होनहार कवि रहनु भएको यस संग्रहले स्पस्ट पार्ने बताउनु भयो । अन्तरास्ट्रिय नेपाली साहित्य समाज टेक्सास साखाका अध्यक्ष, साहित्यकार एवं समाजसेवी वाशु शर्माले संग्रहमा रहेका अति मिठा कविता वाचनका साथमा कवि र कृतिका विषयमा धेरै सकारात्मक र अत्यन्तै छटायुक्त ढंगबाट आफ्ना भनाइहरु राख्नुभएको थियो । कृतिमा रहेका सबै कविताहरु पढेर त्यस भित्र रहेका गाउले परिवेश, ढिकी, नाम्लो, जातो इत्यादि शब्दहरुमा रमाएर, कविका कविताहरुमा चुर्लुम्म डुब्नु भएका शर्मा भन्नुहुन्छ, “यस कविता संग्रहमा रहेका प्रत्येक कविताले नेपाली डोको, नाम्लो, ढिकी र जातोको कथा बोकेको छ । भारतमा रहेको नेपाली मन र नेपाली भाषा, साहित्य प्रतिको मोह देखेर हामी नेपाली भौगोलिक दृस्टीकोणले जहा रहे पनि नेपाली हौ, नेपालीको अर्को कुनै नाम छैन ।” तेस्रा समिक्षक, समाजसेवी तथा प्रोफेसर प्रभात दीक्षितले पनि कवि विरहका कविताहरु वाचनका साथमा कृतिको सकारात्मक टिप्पणि गर्नुभएको थियो । साहित्यकार सिलु घिमिरेले कविताका केहि अंशहरुको टिक्का टिप्पणि गर्नुभएको थियो ।
उक्त कृतिका लेखक कवि विरहले पठाउनु भएको शुभकामनाको भिडियो, प्रोजेक्टरको सहायतामा कार्यक्रममा देखाइएको थियो । कवि स्वयमको उपस्तिथी भए झैँ अति नै रोचक ढंगबाट पुस्तक परिचर्चा कार्यक्रम (पहिलो खण्ड) सम्पन्न भएको थियो ।
साधारण चियापान संगसंगै रचना वाचनको दोश्रो खण्डमा नेपालका दुई दर्जन भन्दा बडी एफ. एम. स्टेसनहरु र अनलाइनबाट समेत प्रसारण हुने कार्यक्रम ‘यो साँझ यो सुवास’का प्रस्तोता प्रदिप गिरिले एउटा गजल, लायन्स क्लब टेक्सासका भू. पु. अध्यक्ष शशी भट्टराईले अत्यन्तै मिठा कविताहरु, साहित्यकर्मी कमल पौडेलले सुन्दर गजल र मुक्तक, स्रस्टा नेत्र आचार्यले छन्दाबद्ध गजल र छन्दोबद्ध कविता, गजलकार पातलो अन्तरेले गजल र रुवाई, कवि एवं गजलकार यदुनाथ अधिकारि ‘साल्दाइ’ले छन्दोबद्ध कविता र गजल, स्रस्टा राम खरेलले गजल र कविता, गीतकार खेमराज गैराघरेले दुइवटा गजल, कवयत्री इन्दिरा भुसालले लयबद्ध कविता लगायत अन्य धेरै स्रष्टाहरुले आफ्ना रचनाहरु प्रस्तुत गर्नुभएको थियो । गीतकार खेमराज गैराघरेको शब्दमा सजिएको “हिरा” गिती एल्बम, सामुहिक गजल सङ्ग्रह ‘प्रस्फुटन’ तथा भूटानी साहित्यकारहरुका कृतिहरु सम्पूर्ण उपस्थित व्यक्तित्वहरुलाई प्रदान गरिएको थियो ।
अन्तरास्ट्रिय रुबाइ मंच भुटानले प्रकाशन गर्न लागेको संयुक्त रुबाई संग्रह ‘शब्दअस्त्र-२’ का लागि रुबाईहरु सङ्कलन भैरहेको जानकारी गराउदै उपस्तित स्रष्टाहरुलाई रुबाइ सृजनाहरु सम्बन्धित व्यक्ती वा समितीलाई हातपारी दिन अनुरोध समेत गरिएको थियो । अन्य अतिथिहरुमा डेभ्लोप्मेण्ट फर पिस हर्स्टमा कार्यरत बैकुण्ठराज आचार्य, झुलन बस्नेत, पशुपति आचार्य, टेक्सास विश्व विद्यालय आर्लिङ्ग्टनको नेपालि बिद्यार्थी संगठनका अध्यक्ष जुबिन राजभण्डारी रहनुभएको थियो । कार्यक्रमको सभापति डेन्जोम साम्पाङ्गले कार्यक्रम विसर्जन गर्नुभएको थियो ।