गजल; “धेरै भो’… “

3 years ago Editor 0

AKगजल

धेरै भो’ मेरो नजरको बाटो तिमी आउँदा पनि आएनौ
त्यो हाम्रो प्रीतिको गीत कतै गाउदा पनि गाएनौ

अस्तव्यस्त छ जिन्दगी यहाँ मेरो त्यो बुझेरै होला
यो अभागीको झुपडी तिमीले धाउदा पनि धाएनौ

तिम्रो नाउँ लिई ओइलाए कैयौँ फुलहरु तिम्रै प्रतिक्षामा
खैँ किन्न हो कुन्नी एक नजर यता लाउदा पनि लाएनौ

हजारौँ हजार पलहरु कती बिते कती छट्पटिमा
यो मन समाल्न एक पल मेरो छेउ छाउदा पनि छाएनौ

तिम्रै खुशीको निम्ती कती पिडा सहेँ कती थाहा छैन
म जिउदो लास भई बाँचेको खबर पाउदा पनि पाएनौ

 – ए के राना साम्पाहाङ ‘एकलब्य’