म्यादी प्रहरीको तालिम सम्पन्न

5 years ago Editor 0

2दोस्रो संविधानसभा निर्वाचनका लागि अन्चल प्रहरी कार्यालय मेची भद्रपुरको तत्वाधानमा भर्ती गरिएका म्यादी प्रहरीहरुलाई निर्वाचन सुरक्षा सम्बन्धी दिइएको आधारभूत १५ दिने तालिम विधिवत रुपममा समापन भएको छ ।
आइतबार तालिमको समापन गर्दै मेची अन्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केशरीराज घिमिरेले निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीहरुको कत्र्यव्य निष्पक्ष, शािन्तपूर्ण, भयरहित र सुरक्षित निर्वाचन सम्पन्न गर्नु रहेको बताउनु भयो ।
मेची अन्चलभरका लागि कार्यालयले करिब तीन हजार म्यादी प्रहरी भर्ती गरेको थियो । भर्ती भएको म्यादी प्रहरीहरु मध्ये तराई झापा जिल्लाकालाई पहाडी जिल्लाहरु इलाम, पाँचथर र ताप्लेजुङमा तथा इलाम, पाँचथर र ताप्लेजुङबाट भर्ती भएकालाई झापाका विभिन्न निर्वाचन क्षेत्रमा खटाइएको समेत कार्यालय स्रोतले जनाएको छ ।
निर्वाचनमा निष्पक्षता कायम गर्न स्थानन्तरण गरिएको स्रोतको भनाई छ । झापामा मात्रै १२ सय ६० म्यादी प्रहरी परिचालन गरिने जनाइएको छ ।