लक्ष्मी जयनित र शव्द चित्रमा देवकोटा

4 years ago Editor 0

३ नेभोम्बर

गोपाल झापालीको सहयोगमा कमन देवान0

मानवतावादी चेतका अगुवा तथा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई नेपाली साहित्यका सर्जक मात्रै होइन, युगकै पथप्रदर्शक स्रष्टा समेत मानिन्छ । उहाँ महाकविको उपमाबाट विभूषित हुनुहुन्थ्यो, तर यो विभूषण राज्यले नभई देवकोटालाई तत् समयको समाजले दिएको थियो, जसको मूल्य रुपैयाँ वा दज्र्यानीमा तुलना हुने नभई जनताका मन–मनमा अमल्य श्रद्धाका रुपमा आज पनि रहेको छ । नेपाली साहित्यलाई अन्योलबाट नयाँ युगको पथमा लम्काउन महाकवि देवकोटाले दिएको योगदान आज पनि अतुलनीय छ । उनले भोगेको युग र उनले कल्पना गरेको युगकाबीचमा निश्चय पनि अन्तर थियो, जसले गर्दा उनीमा रहेको बहुप्रतिभाले जति फल्न र फूल्न पाउनु पथ्र्यो, विडम्बना त्यसो हुन सकेन । जीवनभर नेपाली समाज र नेपाल िभाष साहित्यको निस्वार्थ र अनवरत सेवामा लगेका देवकोटालई राज्यले उचित मूल्याङ्कन र सम्मान गर्न सकेन । तर, मरेपछि भने उनको शालिक ठड्याउने होडमा राज्य समेत अग्रसर देखियो ।

देवकोटाको जन्म
देवकोटाको नाम लक्ष्मीप्रसाद रहनुको कारण अलग्गै छ । बिक्रसम्बट १९६६ साल कार्तिक २७ गते तिहारको लक्ष्मीपूजाका दिन काठमाडौंको धोवीधारामा जन्मिएका हुनाले उनको नाम परिवारले लक्ष्मीकोप्रसाद ठानेर लक्ष्मीप्रसाद राखिदिए । तर मेहनत र लगनले उनलाई लक्ष्मीको होईन सरस्वतीको चाँहि प्रसाद बनाइदियो । न्वारानको नाउँ तिर्थमाधव देवकोटा भए पनि उनी आजपर्यन्त लक्ष्मीप्रसादको नाममा पूजनीय छन् । श्रद्धाले नेपाली शिर आज पनि उनको शालिक अघि झुक्दछ ।

साहित्य र योगदान
देवकोटाका कविता संग्रहहरु पहाडी पुकार, पुतली, भिखारी, सुनको बिहान, छहरा, जन्मोत्सव र मुटुको थोपा, मृत्युशैयाबाट लगायत छन् । उनको निधन पछि समेत उनका रचनालाई कृतीमा उनीएका छन् । उनको सवै भन्दा लोकप्रिय त मुनामदन खण्डकाव्य र लक्ष्मी निवन्ध संग्रह छन्, जो कसैले जित्न नसकेको उचाईमा विराजमान छन् ।

देवकोटाका केही मुख्य कृतिहरू

१. कविता संग्रह: पहाडी पुकार ( वि.सं. २००५),पुतली(वाल कविता), वि.सं. २००९) , भिखारी ( वि.सं. २०१०),सुनको विहान ( वि.सं.२०१०), छहरा (वि. सं २०१२), जन्मोत्सव र मुटुको थोपा ( वि.सं.२०१५), मृत्युशैयाबाट ( वि.सं.२०१६), चिल्ला पातहरू ( मृत्युपश्चात प्रकासित, वि.सं. २०२१) , गाईने गीतहरू (मृत्युपश्चात प्रकासित, वि.सं. २०२४),मनोरञ्जन (मृत्युपश्चात प्रकासित, वि.सं. २०२४), भावना गाङ्गेय (मृत्युपश्चात प्रकासित, वि.सं. २०२४) , आकाश बोल्छ (मृत्युपश्चात प्रकासित, वि.सं. २०२५), छाँगासँग कुरा (मृत्युपश्चात प्रकासित, वि.सं. २०२६), लक्ष्मी कविता संग्रह ( मृत्युपश्चात प्रकासित, वि.सं. २०३३), लक्ष्मी गीत संग्रह ( मृत्युपश्चात प्रकासित, वि.सं. २०४०) हुन्।

२.खण्डकाव्य : मुनामदन ( प्रकासन वर्ष, वि.सं. १९९१) , राजकुमार प्रभाकर ( वि.सं. १९९७), कुञ्जिनी ( वि.सं. २००२), वसन्ती गीतीकाव्य( वि.सं. २००९), मैना ( वि.सं. २००९), सुन्दरी जर्पिना ( वि.सं. २००९), रावण जटायु युद्ध ( २०११) , म्हेन्दु ( २०१५), लुनी ( २०२३), सीताहरण ( २०२४), मायाविनि सर्सी ( २०२४), नवरस कोश काव्य ( २०२५), मैना ( पुन: सम्पादन २०३९)।
लक्ष्मीप्रसाद देवकोटाका कविता तथा गीत कृतीहरू प्रकाशन मिति     शीर्षक     विधा
२००५     पहाडी पुकार     कविता
२००९     पुतली     कविता
२०१०     भिखारी     कविता
२०१०     सुनको विहान     कविता
२०१२     छहरा     कविता
२०१५     जन्मोत्सव र मुटुको थोपा      ??
२०१६     मृत्युशैयाबाट     कविता
२०२१     चिल्ला पातहरू      ??
२०२४     गाईने गीतहरू     गीत
२०२४     मनोरञ्जन     कविता
२०२४     भावना गाङ्गेय      ??
२०२४     आकाश बोल्छ      ??
२०२६     छाँगासँग कुरा      ??
२०३३     लक्ष्मी कविता संग्रह     कविता
२०४०     लक्ष्मी गीत संग्रह     गीत

देवकोटाको कवितायात्राको पूर्वार्द्धकालीन कविता संग्रहहरूमा ‘भिखारी’ कविता संग्रहलाई, काव्य खण्डकाव्यहरूमा ‘मुनामदन’ खण्डकाव्यलाई र महाकाव्यहरूमा ‘शाकुन्तल’ महाकाव्यलाई प्रतिनिधिकृतिका रूपमा लिन सकिन्छ । उनको उत्तरार्द्धकालीन कवितायात्राका कविता संग्रहहरूमा ‘लक्ष्मी कविता संग्रह’लाई, काव्य-खण्डकाव्यहरूमा ‘मायाविनी सर्सी’ खण्डकाव्यलाई र महाकाव्यमा ‘प्रमिथस’ महाकाव्यलाई प्रतिनिधिकृति मान्न सकिन्छ । यसैगरी देवकोटाका बालकविताहरूका प्रतिनिधिकृतिका रूपमा उनका ‘सुनको बिहान’ र ‘पुतली’ बालकविता संग्रहलाई अघिसार्न सकिन्छ भने उनका हाँस्यव्यंग्य कविताहरूको प्रतिनिधित्व उनको ‘मनोरञ्जन हाँस्यव्यंग्य कविता संग्रहले अनि गीति कविता वा गीतहरूको प्रतिनिधित्वचाहिँ उनको ‘लक्ष्मी गीति संग्रह’ले गर्छ भन्न सकिन्छ । यस सन्दर्भमा देवकोटाका विशुद्ध प्रगतिवादी क्रान्तिकारी कविताहरूको प्रतिनिधित्व गर्ने ‘पहाडी पुकार’लाई र उनको रोमान्टिक प्रगतिवादी क्रान्तिकारी गीति नाट्य ‘कृषिबाला’लाई पनि हामी बिर्सन सक्दैनौं ।

दुखद् जीवन शैली र मृत्यु
२०१५ सालमा आन्द्राको क्यान्सर भए पनि मृत्युलाई उछिन्दै उनले नेपाली साहित्यको भण्डारमा बाली भित्याई रहे । सामाजिक रुपान्तरण र सामाजिक न्यायका चिन्तक उनी नीति निर्माणको केन्द्र मन्त्रीमण्डलमा शिक्षामन्त्री समेत भए, र उनले प्राज्ञिक थलो त्रिभुवन विश्व विद्यालय स्थापनाको अगुवाई समेत गरे । तर आर्थिक बिपन्नताको पर्याय जस्तै बनेका उनी २०१६ साल भदौ २९ गते भौतिक रुपमा यो संसारबाट बिदा लिए । उनको सम्मानका लागि राज्यले हुलाक टिकट प्रकाश गरे वा उनको अमरकृति मुनामदनलाई चलचित्रकर्मीले पर्दामा उतारे पनि उनीको योगदानले वर्षमा एक दिन औपचारिकताको सम्मान भन्दा बढी केहि पाउन सकेको छैन ।