इनछन एसियाड सम्पन्न, १८ औं एसियाड जाकर्तामा हुने

4 years ago Editor 0

०५ अक्टोबर, नेपाल ।

नेपाललाई पदक दिलाउने एक मात्र खेलाडी १९ वर्षीया बिमला तामाङ
नेपाललाई पदक दिलाउने एक मात्र खेलाडी १९ वर्षीया बिमला तामाङ

दक्षिण कोरियाको इनछनमा जारी १७ औं एसियाली खेलकुद शनिबार समापन भएको छ ।

३६ खेलका चार सय ३९ स्पर्धामा भएको इनछन एसियाडमा चीनले सर्वाधिक ३४२ पदकका साथ पहिलो स्थान प्राप्त गर्याे । चीनले एक सय ५१ स्वर्ण, एक सय ८ रजत र ८३ काँस्यका साथ तीन सय ४२ पदक बटुल्न सफल भयो । आयोजक दक्षिण कोरियाले ७९ स्वर्णसहित दोस्रो तथा जापान ४७ स्वर्णका तेस्रो स्थान प्राप्त गर्न सफल भयो ।

११ स्वर्णसहित आठौं स्थान ओगटेको भारत दक्षिण एसियाकै सर्वाधिक पदक प्राप्त गर्ने राष्ट्र बन्यो । नेपालका लागि विमला तामाङले कराँतेको एकल कातामा प्राप्त गरेको काँस्य पदक नै एक मात्र पदक बन्न पुग्यो । उनले नेपाललाई रित्तो हात फर्किनबाट जोगाईन् । विमला सेमिफाइनलमा भियतनामकी खेलाडी नाम गुयोनसँग पराजित भएपछि काँस्य पदक भिडन्तमा उत्तर कोरियाली जुइ काङलाई ५–० ले पराजित गर्दै काँस्य पदक जितेकी थिईन् ।

नेपालले तेकान्दो र क्रिकेटमा पदकको आशा गरे पनि सफल हन सकेन । तेकान्दोका प्राय खेलाडीहरूले पहिलो राउण्ड नै पार गर्न असफल बने । नेपाली क्रिकेट टीम क्वाटर फाइनलमा अफगानिस्तानसँग ८ रनले पराजित भएको थियो । नेपालका २०३ जना खेलाडीले २० भन्दा बढी खेलहरुमा स्पर्धा गरे पनि इनछनबाट बिमलाले बाहेक अरुले पदक जित्न सकेनन् । यसैबीच शनिबार समापन कार्यक्रममा १८ औं एसियाडको आयोजक देश इन्डोनेसियालाई झन्डा हस्तान्तरण गरेसँगै इनछन एसियाड सकिएको हो । चार वर्षपछि १८औं एसियाड ईन्डोनेसियाको जाकर्तामा हुनेछ ।