‘गायनमा जम्दै देव’

4 years ago Editor 0

अनिलदेव राई

 

dev nembangपाँचथरको लुङरुपा–५ मा पिता वुद्धिराज नेम्बाङ्गको जेठो सन्तानका रुपमा माता चित्रकला नेम्बाङ्गको कोखवाट २०५२ सालमा जन्मेका देव लिम्बू नेपाली साङ्गीतिक क्षेत्रमा आश लाग्दा प्रतिभा हुन् ।
मिहेनत र लगनशीलताले मात्र सफल बन्न सकिन्छ भन्ने विचारमा विश्वास राख्ने देव सङ्गीत क्षेत्रमा आफ्नो भविष्य खोज्दै यतिबेला राजधानीमा संर्घष गरिरहेका छन् । स्थानीय मुल्पा माध्यमिक विद्यालयबाट एसएलसी उत्र्तिण गरी उच्च शिक्षाका लागि काठमाडौं छिरेका उनले पढाईसँगै सङ्गीतकर्मलाई रोज्न पुगे । सङ्गीत सम्बन्धी विभिन्न विषयमा अग्रजहरुबाट शिक्षा लिँदै गरेका उदयीमान प्रतिभाको धनी देव लिम्बू यतिबेला “परदेशी” नामक एल्वम् बजारमा ल्याउने तयारीमा छन् । हालैको एउटा बसाईमा उनले सुनाए –‘नेपालीहरुको महान् चार्ड विजया दशमी र दीपावलीलाई लक्षित गरेर एल्बम ल्याउने तयारीमा छु ।’ आवश्यक तयारीमा जुटिरहेको बताउने देव यतिवेला आफ्नो एल्वम्भित्रका दुईवटा गीतको म्युजिक भिडियो छायाङ्कनका लागि झापा आइपुगेको बताउँछन् । झापा, इलाम र काठमाडौंमा छायाङ्कन भइरहेको गीतको म्युजिक भिडियो तयारीका लागि आफू छिट्ठै काठमाडौं फर्कने तयारी गरिरहेको देवको भनाई छ ।
विद्यालयमा पढ्दापढ्दै सङ्गीतमा रुचि राख्ने देवले विद्यालयमा सम्पन्न हुने विभिन्न कार्याक्रमहरुमा गीत गाउँदा शिक्षकहरु र साथीहरुले प्रसंशा गरेका स्मरण गर्छन् । समयसँगै फिदिममा भएका साँस्कृतिक कार्यक्रममा चर्चित गायक गायीकाहरुसँग गीत गाएर सबैको स्यावासी पाएकोमा खुसी व्यक्त गर्छन् । रेडियोबाट राजेशपायल राई र दीपक लिम्बूको गीत प्रसारण भइरहँदा आफूलाई पनि यस्तै गीत गाउँन सक्ने गायक बन्ने सपना देखेको देवले बताए । घनराज लिम्बूका शव्दहरु रहेको सो एल्बम्मा ताराप्रकाश लिम्बू र बादल लिम्बूका सङ्गीत छन् ।