असुरक्षित नहरले बढायो मृत्यु

4 years ago Editor Comments Off on असुरक्षित नहरले बढायो मृत्यु

अनिलदेब राई
दमक ।

 

कनकाई नहर
कनकाई नहर

सुरक्षित सिंचाईका लागि आवश्यक प्रवन्ध हुन नसक्दा झापाको कन्काई सिँचाई अन्र्तगत माईधार दक्षिणतर्फ सञ्चालित नहरमा डुबेर मृत्यु हुनेहरुको संख्या बढ्दै गएको छ । सिँचाईको लागि सञ्चालित नहरको दायाँ–बायाँ घेराबारा वा अन्य सुरक्षा व्यवस्था नगरिँदा वर्षौंदेखि स्थानीयवासी  सास्ती खेप्न बाध्य छन् ।
बुधबार पढ्न भनेर विद्यालय जाँदैगरेका एक किशोरको विद्यालय पुग्न नपाउँदै नहरमा डुबेर मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार बिहान ९ बजेको सयमा घरवाट बिद्यालय तर्फ आउँदै गरेका शिवगञ्ज–८ ब्याङ्गडाँडाका ९ वर्षीय सजेन भण्डारीको नहरमा डुबेर मृत्यु भएको हो । उनी स्थानीय चेतना आवासीय माध्यामिक विद्यालयमा कक्षा ३ मा अध्यनरत थिए । भण्डारीको शव ब्याङ्गडाँडा चौकदेखि ५ सय मिटर दक्षिण सतासीखोलाको साइफनमा फेला परेको इप्रका झिलझिलेका प्रहरी निरीक्षक शैलेन्द्र यादवले जानकारी दिए ।
भण्डारीको मृत्यु हुनु भन्दा ठीक एक दिनअघि मंगलबार मात्र शिवगञ्ज–३ का सुजन बस्नेतको पनि नहरमै डुबेर मृत्यु भएको थियो ।
कन्काईनदीबाट माइधारहुँदै दक्षिणी सीमावर्ती महाभारा अन्र्तगत कुन्जीबारीबजारतर्फ सञ्चालित नहरमा डुबेर बस्नेतको मृत्यु भएको थियो । प्रहरीका अनुसार बस्नेत नजिकै खेतबारीबाट घाँस बोकेर घरतर्फ आउँने क्रममा नहरमा डुबेका थिए ।
प्रहरीका अनुसार साउन महिना यता कन्काई नहरमा डुबेर मर्नेहरुको संख्या ५ पुगेको छ । यसअघि शिवगञ्ज–४ का १२ वर्षीय दीपक सुन्दासको पनि नहरमै डुबेर मृत्यु भएको थियो । उनी साथीहरुसँग नहरमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा सुन्दास डुबेका थिए ।
त्यसैगरी साउनको पहिलो साता सतासीधाम–८ माइधार दक्षिण किरात चौकमा दुईजना महिलाको नहरमा डुबेर मृत्यु भएको थियो । मृतक दुई महिलाको सनाखत हुन नसके पनि प्रहरीले शव प्रशिक्षण गरेको थियो ।