विष्ट, लामा र लिम्बू पुरस्कृत हुने

4 years ago Editor 0

काठमाडौं ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार, आइभीए अवार्ड २०१४ बाट पत्रकारहरु प्रताप बिष्ट, सन्चाकुारी लामा र मिलन लिम्बू पुरस्कृत हुने भएका छन् ।
कान्तिपुर दैनिकका हेटौडा सम्वाददाता विष्ट, एफएम रेडियोमैत्रीका सन्चाकुमारी लामा र एबीसी टेलिभिजनका मिलन लिम्बूलाई छापा, रेडियो र टेलिभिजन गरी तीन माध्यमबाट चनौट गरिएको फोनिजद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । पुरस्कृत हुने मध्ये लिम्बू पिपुल्स टाइम्सका सहयोगी पत्रकार समेत हुन् ।
पुरस्कार छनौट समितिका संयोजक डा. कृष्ण भट्टचनको संयोजकत्वमा साउन १२ गते बसेको समितिको बैठकले तीनै विधामा प्राप्त आवेदन, समाचार सामग्रीको विश्लेषण र मुल्याङ्कनको आधारमा निर्णय गरेको बताइएको छ ।
पुरस्कृत पत्रकारलाई फोनिजको स्थापना दिवस तथा विश्व आदिवासी दिवसका सन्दर्भमा साउन २७ गते प्रज्ञाभवन कमलादीमा आयोजना हुने विशेष समारोहमा पुरस्कार प्रदान गरिने बताइएको छ ।
पुरस्कार सूचना तथा संचारमन्त्री डा। मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा प्रदान गरिनेछ । पुरस्कारको राशि प्रतिव्यक्ति ४० हजार रुपैंयाँ रहेको छ ।