चर्चित डन ‘चरी’ मारिए

4 years ago Editor 0

काठमाडौं ।

Dinesh-adhakari-chari

चर्चित डन दिनेश अधिकारी ‘चरी’ प्रहरीसँगको गोलीहानाहानमा मारिएका छन् । उनीमाथि काठमाडौं र धादिङको सीमामा पर्ने भीमढुंगामा उनीमाथि गोली प्रहार भएको हो ।
घटनास्थलमा पुगेका महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी पुष्कर कार्कीले चरी मारिएको पुष्टि गरेका छन् ।
धादिङका राधे भण्डारीमाथि खुकुरी हानेको अभियोग लागेपछि चरी केही समयदेखि सार्वजनिक रुपमा हिँडडुल गरिरहेका थिएनन् ।
प्रहरी स्रोतले चरी काठमाडौं आएको खबरपछि खोजी थालिएको र भीमढुंगामा मुठभेड भएको बताएको छ ।
धादिङ क्षेत्र नम्बर १ का एमाले पूर्वउपाध्यक्ष समेत रहेका अधिकारी विभिन्न प्रकरणमा प्रहरी निगरानीमा थिए ।