युनियनले इञ्चार्ज तोक्यो

4 years ago Editor 0

दमक ।

संघीय समाजवादी पार्टी निकट संघीय प्रेस युनियनको गत शनिबार सम्पन्न सचिवालय बैठकले दुई विकास क्षेत्र र सात वटा अञ्चलहरुमा इञ्चार्ज रहने व्यवस्था गर्दै जिम्मेवारी तोकेको छ ।
युनियनका अध्यक्ष गोबिन्द छन्त्यालको अध्यक्षतामा सम्पन्न बैठकले युनियनका गतिविधिलाई थप क्रियाशील बनाउने भन्दै पूर्वाञ्चल इन्चार्जमा वरिष्ठ उपाध्यक्ष गोपाल देवानलाई जिम्मेवारी दिएको छ । त्यस्तै मध्यमाञ्चल इन्चार्जमा लाक्पा शेर्पा चयन भएका छन् भने अन्य तीन विकास क्षेत्रका लागि हाल कुनै निर्णय नभएको महासचिव शुकदेव चाम्लिङद्वारा जारी सर्कलुरमा उल्लेख छ ।
जारी सर्कुलर अनुसार मेची अञ्चल इन्चार्जमा केन्द्रीय सदस्य कमन देवानलाई जिम्मेवारी दिइएको छ भने कोशी अञ्चल इन्चार्जमा के. स. आशा लिम्बू, सगरमाथा अञ्चल इन्चार्जमा के. स. दीपेन्द्र रुम्दाली, बागमती अञ्चल इन्चार्जमा सह–कोषाध्यक्ष गणेशकुमार राई, गण्डकी अञ्चल इन्चार्जमा के. स. हुम तमु, राप्ती अञ्चल इन्चार्जमा इर्दासी झाँक्री मगर, भेरी अञ्चल इन्चार्जमा राम दहितलाई जिम्मेवारी दिइएको हो । इन्चार्ज तोक्न बाँकी अञ्चलहरुमा समेत चाँडै जिम्मेवारी तोकिने अध्यक्ष छन्त्यालले बताए ।
त्यस्तै बैठकले महासचिव सुकदेव चामलिङ राईको संयोजकत्वमा गठित विधान मस्यौदा उपसमितिले तयार पारेको संघीय प्रेस युनियन नेपालको विधान–२०७० लाई आवश्यक संशोधन गरी प्रकाशन गर्ने समेत निर्णय गरेको छ । यसका लागि अध्यक्ष गोविन्द छन्त्याल संयोजक, महासचिव सुकदेव चामलिङ राई सदस्य र सचिव लाक्पा शेर्पा सदस्य र सचिव विजय चाम्लिङ सदस्य रहेको प्रकाशन समितिलाई जिम्मा दिइएको छ ।
सचिवालयको सो बैठकले संस्थामा केही पदाधिकारी समेत हेरफेर गरेको सर्कुलरमा उल्लेख छ । जस अनुसार उपाध्यक्ष गोपाल देवानलाई वरिष्ठ उपाध्यक्षमा बढुवा गरिएको भ भने सचिव लाक्पा शेर्पालाई उपाध्यक्ष, केन्द्रीय सदस्य विजय चाम्लिङलाई सचिव र केन्द्रीय सदस्य गणेशकुमार राईलाई सह–कोषाध्यक्षमा बढुवा गरिएको छ ।
संस्थाको छुट्टै मुखपत्रसमेत प्रकाशन गर्नको निम्ति महासचिव सुकदेव चामलिङ राईको संयोजकत्वमा सचिव मानबहादुर पुन र नवनियुक्त सहकोषाध्यक्ष गणेशकुमार राई सदस्य रहने गरी जिम्मेवारी तोकिएको छ ।