आदिवासी दिवसमा विविध कार्यक्रम हुने

3 years ago Editor 0

 

 

imagesदूधे । विसांै अन्तर्राष्ट्रिय आदिवासी दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापाको अगुवाईमा विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको हो । जस अनुसार आगामी साउन २१ गते नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजनामा ‘अब बन्ने संविधानमा पहिचानको मुद्दा’ विषयक अन्तरक्रिया गरिने, २२ गते महासंघको दूधेस्थित सभाहलमा जिल्लास्तरीय अन्तरक्रिया, २३ गते राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ र नेपाल आदिवासी जनजाति युवा महासंघको संयुक्त आयोजनामा दमकमा अन्तरक्रिया आयोजना गरिने महासंघ झापाका अध्यक्ष पारसमणि राईले जानकारी दिए ।
त्यस्तै २३ गते साँझ जिल्लाका विभिन्न स्थानहरुमा २० आंै अन्तर्राष्ट्रिय आदिवासी दिवसको पूर्वसन्ध्यामा दीपावली कार्यक्रम गरिने तथा २४ गते दमकस्थित रेडक्रस सोसाइटीको सभाहलमा विभिन्न कार्यक्रम आयोजना गरेर अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइने जनाइएको छ ।
कार्यक्रम सम्पन्न गर्न एक मूल समिति सहित विभिन्न उपसमितिहरु समेत गठन गरिएको महासंघका सचिव मेघराज थामीले बताए ।