सकियो हिमालयन फेस्टिवल तर सुरू गर्यो कलाको सुन्दर यात्रा |

4 years ago Editor 1

himalaya  लगातार तिन दिनसम्म चलेको हिमालयन फेस्टिवल सफलतापुर्वक सम्पन्न भएको छ | हिमालयन फेस्टिवल यू.एस. ए. को मुख्य ब्यन्नरमा भूटानीस अमेरिकन एस्सोसिएसन ऑफ़ हुसटन (Bhutanese American Association of Houston) स्थानीय आयोजक रहेको सो कार्यक्रम ऐतिहासिक रहेको कार्यक्रम सहभागीहरूको बुझाई छ |

भूटान मीस यू. एस. प्रमूख आकर्षण रहेको सो कार्यक्रममा प्रकृति राई मिस भूटान २०१४ बन्न सफल बनेकी छिन् साथै मिस पर्सनालिटीको (miss personality) उपाधि पनि उनले हात परेकिन छिन् | त्यसै गरी सिता भुजेल मिस फर्स्ट रंनर अप २०१४ (first runner up)र मिस पपुलरीटी(miss popularity) बिजेता बनेकी छिन् भने धनवाजन(Danwazan)मगरको पोल्टोमा सेकेड रंनर अप(2nd runner up) उपाधि परेको छ |

बिबिध मनोरन्जनात्मक कार्यक्रमहरू बीच युवाहरूलाई प्रोत्साहन, कलाको विकासको उदेश्य बोकेर सकर (soccer), नित्य, गायन प्रतियोगिताहरू समेत सम्पन्न गरिएको थियो | करण डी९डी सकर कल्ब(D9D Soccer club)ले सकर खेलमा पहिलो स्थान प्राप्त गरेको छ भने नित्यमा मनिता गुरुङ रेंचेस्तर न्युयोर्क(Renchester New York)बाट पहिलो र लीना राई, फोनिक्स एरिजोना(Phoenix Arijona)बाट दोस्रो भएका छन् | त्यसै गरि गायनमा रुपेश राई, नश्विल्ल टेन्निसी(Nashville Tennesse)बाट पहिलो र बिजय लाम्गादे, सल्ट लेक उटाह (Salk Lake Utah)बाट दोस्रो भएका छन् |himalaya1

केदार उप्रेती र उनको समुहले भूटानीस क्रिएटिभ कनेक्सन(Bhutanese Creative Connection)को ब्यानरमा उत्कृस्ट छोटो चलचित्रको ट्रफी उचाले | विप्लोप प्रतिक, नलिना चित्रकार, सुमित सिग्देल, दीपक गजमेर, मदन पाठक निर्णयक मण्डलीमा रहेका थिए | स्थानीय कलाकारहरू शिव मक्चन, तलमन थापा, जीवन गुरुङ, डी.बि बरैली, आदि र राजेश पायल राई , जगदिस समल, नलिना चित्रकार, सान्ति भण्डारी, प्रेम राजा महत जस्ता ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो |

भूटान दर्पण ओफ़्फ़िकिअल् मिडिया पार्टनर (official media partner) रहेको थियो |

himalaya2