हिमालयन फेस्टिवल्को दोश्रो दिन संदेशमुलक |

4 years ago Editor 0
Himalayan Festival 2014
Himalayan Festival 2014

हिमालयन फेस्टिवल यु. स. ए. को आयोजन तथा भुटानिस अमेरिका एस्सोसिएसन अफ हुस्टनको ब्यवस्थापान मा आयोजन भैरहेको हिमालयन फेस्टिवल को दोस्रो दिन संदेशमुलक हिसाबबाट सम्पन्न भएको छ |

विभिन्न विधाका कार्यक्रमको साथ सम्पन्न भाईरहेको  यस कार्यक्रम आज भने फूटबल फैनल खेलमा बर्मिस टिम बिजयी हुदै अघि बढेको हो |हिमालयन फेस्टिवल सिन्गिंग र डन्सिङ्ग आइकोन (Himalayan Festival singing Icon and Dancing Icon) प्रोतियोगिताको अन्तिम चरण सम्पन्न भए पनि नतिजाको घोषणा भने भोलि राजेस पायलको प्रस्तुतिसंगै गरिन्ने कुरा आयोजकले जनाएको छ | चर्चित गयिका नलिना चित्रकार, बरिष्ठ गायक प्रेम राज महोटो र कोरियोग्राफर दीपक गजमेर निर्णायक मण्डलीमा रहेका थिए | नेपाली सस्कृति र नेपाली शैलीलाई जोगाइ राख्नु पर्छ, आफु र अन्य अमेरिकी समाजसंग एकतामा बाधिएर पहिचान सहित जीवन बच्नु पर्छ भन्ने संदेशको साथ आजको कार्यक्रमको चरण सम्पन्न भएको छ | डि. बि बरैली, जीवन गुरुङ आदि भुटानी कलाकारको प्रस्तुति निक्कै बेजोड रहेको थियो भने भोलि रेजेश पायल राई, नलिना चित्रकार, जगदीश समल आदिको प्रस्तुति साथै मिस भुटानको छनोट  रहने छ |   कार्यक्रम व्यवस्थापन समितिका प्रमुख श्री डी.बि  राईको स्वागत मतब्य राखेका थिए भने संजय गुप्ताले कार्यक्रम संचालन गरेका थिए |