एसएलसी परीक्षा २०७० को परीक्षाफल प्रकाशित

4 years ago Editor 0

– ४३.९२ प्रतिशत उतिर्ण

नेपाल, काठमाडौं ।

एसएलसी परीक्षा २०७० को परीक्षाफल सार्वजनिक भएको छ । ८० औं संस्करणको एसएलसी परीक्षामा ४३.९२ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । कूल परीक्षार्थी मध्ये ५६.०८ प्रतिशत परीक्षार्थी अनुत्तिर्ण भएका हुन् ।
यस वर्षको एसएलसी परीक्षामा ५ लाख ६६ हजार ८५ जना परीक्षार्थी सहभागी थिए । जसमध्ये नियमिततर्फ ४ लाख १९ हजार ३ सय ५२ र एक्जाम्टेडतर्फ १ लाख ४६ हजार ७ सय ३३ जना सहभागी थिए ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका अनुसार १८ हजार एक सय १० परीक्षार्थी विशिष्ट सहित प्रथम श्रेणीमा पउत्तिर्ण भए । ८३ हजार छ सय ३७ जना प्रथम श्रेणीमा, ६७ हजार नौ सय ४२ दोस्रो र ३१ हजार सात सय ४७ जना विद्यार्थी तेस्रो श्रेणीमा उत्तिर्ण भएका छन् ।
पाँच हजार पाँच सय ३१ परीक्षार्थीले परीक्षा छाडेका थिए भने एक हजार तीन सय नौ जनाको परीक्षा स्थगन गरिएको कार्यालयले जनाएको छ ।

SLC-Result(1)