समयको पद्धति र भूमिका

4 years ago Editor 0

समय आफैमा सब भन्दा बलवान हुन्छ जसले अपनाउने पद्धति न्यायिक मात्र होइन निर्णयक पनि हुन्छ जो हरेकलाई अनिवार्य भएर लागु हुनेगर्दछ | समयलाई कसैले रोक्न सक्दैन, कसैले मास्न, सार्न, बदल्न सक्दैन | यो सबैलाई उस्तै भएर आउछ, कसैलाई काखा कसैलाई पाखा नगर्ने समयको सस्कार साच्चै महान छ | त्यसैले मानिसको वा समाजको सफलता र बिकासको कडी भनेकै आफू अनुरूप होइन तर समय अनुरूप आफू चल्न जान्नु हो | परिस्थिति अनुसार समयले जन्माएको मानसिकतालाई ध्यानमा राखेर आवश्यक परिवर्तनलाई आत्मसात गर्दै नीति, नियम योजनको कार्यन्वयन गर्नु उपुक्त ठहरिन्छ |
बिऊ छरेर त्यसलाई आवश्यक मलजल, गोडमेल, स्तान्तरण गरिएन भने त्यसबाट बोट उम्रने र फल फल्ने आशा गर्नु मूर्खता शिवाय केही होइन | यसमा थप अझ चार पाटो छन् – १. किरा लागेको बिऊ छरिएमा त्यसले उम्रिने सम्भावना नै राख्दैन | २. बिऊ असल नै भए पनि त्यो खडेरी, काडाघारी, बगरमा परे उम्रन मुस्किल पर्छ | ३. हिउँदमा रोप्ने बिऊ वार्खामा छरियो भने पनि बालि सप्रिने सपन बुन्नु भूल हुन जान्छ | ४. मलिलो माटोमा पर्यो भने/माटोलाई मलिलो पार्यौ भने उम्रिन्छ, झ्यागीन्छ, फुल्छ फल्छ अनि मर्छ पुन: उम्रनलाई पोटिलो बिऊ दिएर | यस हिसाबमा समाज, अथवा व्यक्तिको अवसान-उदय, उन्नति-अधोगति, आलोचना-आदर्शता आदिको सम्बन्धमा समयको पद्धतिले प्रत्येक्ष वा परोक्ष सरोकार राख्दछ |
समयको पद्धति भनेको प्राकृतिक नियम हो जो बिशेष गरि दुई किसिमबाट लागु हुने गर्दछ – १. असाधारण किसिमको बाहिरी वातावारनीय तत्व जो मानिसको नियन्त्रण देखी माथी रहेर स्वचालित रूपमा चलिरहन्छ, जस्तै मानिसको जन्म मृत्यु| २. भित्रि वातावारनीय तत्व जहाँ समय आफ्नो अनुकूलतामा हुनु वा प्रतिकूलमा हुनुको जिमेवारी आफू स्वयं रहने सत्य देखा पर्दछ |र जीवन सफल असफल हुनुको हकमा उल्लेखित बुदा ना:२ ले प्रमूख भूमिका निर्वाह गर्दा छ | किन कि कल्याणकारी सोच, जनहितकारी व्यवहार, जन विश्वास, परिस्थितिअनुरूप सहि निर्णय र योजन आदिलाई आफ्नो गुणमा बदलेर अघि बड्ने हो भने ढिलो-छिटो समय आफ्नो अनुकूलतामा रहन्छ | अर्को हातमा निहित स्वार्थ, शक्ति प्रोलोभन, भेदभाव, अरूको उन्नति र प्रगति प्रति नकारात्मक इर्ष्या, आफू ठूलो हुँ भन्ने अहम् , परोक्षरुपमा अरूलाई दबाउने कार्य आदि केहि कारक तत्वको उदाहरण हुन् जसबाट समयले शृजना गर्ने परिस्थितिको नतिजा हाम्रो निम्ति प्रतिकुल रहन्छ |यसबाट के स्पष्ट हुन्छ भने – बुदा १. त जसरी पनि लागु हुन्छ नै तर बुदा २. को सहाराले बुदा १. लाई आफ्नो साथै बृहत हितमा पर्न सकिन्छ | जस्तै कि पानि त पर्छ नै तर भिज्ने कि नाभिज्ने? किन भिज्ने, कति र कसरी भिज्ने यावत कुराहरू आफ्नो हातमा हुन्छ | नभिज्ने भए छाता वा त्यस्तै कुनै यन्त्रको प्रयोगदूfरा पानीलाई तर्काउन सकिन्छ वा कही ओत लग्न सकिन्छ र सोही अनुरूप अन्य विषय माथी पनि बौद्धिकताको उचित प्रयोग गरि निर्योकोल गर्न सकिन्छ | त्यसैले उपरोक्त उल्लेखित प्रकृतिक नियम भित्र हामी कहाँनेर, कसरी उभेकाछौ सो अनुसारको प्रतिफल प्राप्त हुद छ | हामीले इतिहासमा देखेका छौ र वर्तमानमा देखिरहेछौ कि हिटलरको अन्त भयो, इतिहास बोकेको नेपालको राज साशनको समाप्ति भयो र भयो भारतमा भर्खरै कांग्रेसको हार | यसबाट के थप प्रष्ट पर्न सकिन्छ भने इतिहास बोकेको भन्दैमा त्यसलाई जीवित राखिराख्नु पर्छ भन्ने विचार सधै ग्रहण योग्य हुदैन र कुनै अन्त भएको चिजलाई पुनर्स्थापना/पुनर्जीवित गर्नै हुन्न वा पुनर्जीवित हुदैन भन्ने कुरामा पनि ठोकुवा गर्न सकिन्न | यसको निर्णय त तत्कालिन परिवेशमा समयको पद्धतिले तय गरेको मापदण्डमा निर्भर रहन्छ | विगत, वर्तमान र भविष्यमा देखिएको/देखिन्ने सम्बन्धित विषयले पार्ने/परेको असरदुfरा निर्माण हुने मानसिक अनुभूति र वातावारनीय परिवर्तनको आधारमा उल्लेखित मापदण्डको निर्माण हुन्छ | आज हिटलर र राज ज्ञानेन्द्रको शासनको निरन्तरता कति प्रतिसत मानिसले स्वीकार्ल? वा भर्खरै भारतमा अनपेक्षित ढङ्गबाट हार भएको कांग्रेसले देश, जनता र परिस्थितिलाई मध्यनजर गर्दै सकारात्मक परिवर्तन ल्याएमा वा आफ्नो हारको कमजोरीलाई केलाएर आए, पुन: जित के नहोला त? यी यस्ता प्रश्नहरुको सहि उत्तर नै हो धरातलीय यथार्थ; समय पद्धतिको मेरुदण्ड |
त्यसैले कुनै कुरा सम्पन्न गर्न, निर्माण गर्न वा हासिल गर्न प्रथम कुरा विश्वसनीय वातावरणको सिर्जना गर्नु अति अवाश्यक हुन्छ | तर विश्वास भन्ने कुरा मागेर वा बोलेर प्राप्त हुने होइन न कि कुटिलतालाई भित्र राखेर नाटकीय हिसाबमा उत्थान र बिकासको नारा पिट्द पाइने हो वाल्की अरू प्रति गरिने आफ्नो व्यवहार न्यायिक छ, आफ्नो विचार जनहितकारी छ, आफ्नो सोच सकारात्मक छ भन्ने आदि विषय प्रति जनमानस स्पष्ट भएको हुनुपर्छ |तर हामी अधिकङ्सलाई अरूको योगदानलाई कदर गर्द आफू अरू भन्द कम योग्य हुने, अरू भन्द पछाडी पर्ने भ्रमिक भयले सताउछ, त्यसैले आफ्नो कामलाई मात्र केन्द्रीयतामा राख्न मनपरौछौ, पदको लालाचमा सकुनी भूमिका खेलिरहन्छौ जो समाज विकास, आपसी सदभाव, सहकार्य, एकता आदिको लागि विपर्य हो | के हामी यो भन्द माथी उठेर एक अर्को बीच हार्दिकता र प्रेम फैलाउन सक्दैनौ? हामीले शब्दहरू सिर्जनामा थोरै अरूलाई निकृष्ट देखाउन धेरै प्रयोग गर्यौं, अस्वास्थ्य प्रतिस्पर्धा र विवाद हाम्रो प्रमूख कार्ययोजना बनेको छ | आखिर कहिले सम्म ? विविधता आवश्यक छ तर यो सँगै आपसी सहकार्य अनिवार्य हो | यसैको कारण संसार सुन्दर छ| त्यसैले नयाँ जन्मनेहरुले पनि अरूले केहि गरेकै रहेनछ, केहि गरेन, हामीलाई समेटेन भन्ने किसिमको गुनासो र लाल्छाना बोकेर आउनु भन्द अस्तित्वमा आएका सेवाग्राही सस्थाहरू/सत्ता/अस्तित्व समेतलाई थप सेवा पुग्ने गरि समाजको निम्ति नौलो कल्याणकारी उपाय लीएर थप मौका र सेवा प्रदान गर्ने हेतुले अघि बड्नु राम्रो मानिन्छ र त्यसै गरि अस्तित्वमा भएकाहरूले पनि नयाँ आउनेहरूमा आसावादी भएर स्वागत गर्नु पर्दछ अनि मात्र सकारात्मक असरको अनुभूति गर्न सकिन्छ | यस अर्थमा एकता भनेको सबै कुरा एउटै भाडामा अटाउनु पर्छ भन्ने होइन | एकता भनेको मिल्नु हो | अर्को अस्तित्वको उपस्थितिलाई मानेर आपसी सदभाव साट्नु हो, एक अर्का बीच प्रगतिको पहल गर्नु हो | एकता भनेको नेता बन्ने अभ्यास होइन | एकता भनेको सबैको हितमा हुने विचार र कार्यको अस्तित्वहरु बिच संयोजन गरि एकमुष्ट शक्तिको निर्माण हो | हामीले खोजेको एकता यो भन्द अर्को हो भने समस्याको समधान होइन थप सङ्कटको सामना गर्न समयलाई खर्चनु पर्ने हुन्छ |
थप कुरा अर्को कुनै बसैमा, अन्तमा अहिलेलाई यती भनौं- सबैमा सबैको लागि अलौकिक कार्य गर्ने क्ष्यामत़को वृद्धि होस् | विविधतामा एकताको साँघु हालेर शान्ति स्थापना गर्दै विश्वमा शिर ठाडो गरि इतिहास जीवित राखेर आफ्नो वास्तविक पहिचान सहितको वर्तमान र भविष्यमा रमाउन सकौं, उदार मनले जीवन बाँच्न सकौं र सिकौं | निश्चल प्रेम र सम्मान ब्यक्त गर्दै सबैमा कल्याणको कामना |
– डेन्जोम सम्पाङ !