श्री सत्पल जि महाराज अमेरिकामा

4 years ago Editor 0
Manav Dharam Grand Event 2014
Manav Dharam Grand Event 2014

यही जुन १४, २०१४; सनिबारको दिन फ्लोरिडा राज्यको केस्सलबेरी शहरमा रहेको हिन्दू मन्दिरमा भव्य आध्यात्मिक सतसंग हुने भएको छ । मानव धर्म ओर्लन्डोको आयोजनामा रहेको उक्त आध्यात्मिक समारोहमा श्री सत्पलजी महाराज, श्री विभुजी महाराज, र श्री अमृता माताजी द्वारा आध्यात्मिक सम्बोधन हुने कुरा तय भएको छ ।

युनिभर्सल मानव धर्म टेक्सस्को प्रतीनिधी मदन सिन्चुरीको अनुसार उक्त कार्यक्रममा उत्तर अमेरिकाको विभिन्न राज्यको विभिन्न शहरबाट भक्तजनहरुको सहभागिता हुने छ । महात्मा बाईजी द्वारा भजन कृतन प्रस्तुत गरिने छ । उक्त कार्यक्रममा भक्तजनहरुको लागी महाप्रसादको पनि व्यवस्था गरिएको छ ।

थाप जानकारीको लागी माथीको ठेगानामा सम्पार्क गर्नु होला ।

सामग्री स्रोत – मदन सिन्चुरी, युनिभर्सल मानव धर्म टेक्सस्