हंसे दुम्सेको भेला

4 years ago Editor 0

 

बेलडाँगी /

वनको २० औं परिषद् भेलामा सहभागी अतिथिहरु ।
वनको २० औं परिषद् भेलामा सहभागी अतिथिहरु ।

 

झापाको दमक–५ स्थित हंसे दुम्से सामुदायिक वनको शुक्रबार आफ्नो २० औं परिषद् भेला सम्पन्न गरेको छ । करिब ७६ लाख ७० हजार ६ सय ७० रुपयाँ बराबरको वार्षिक कार्ययोजना पारित गरेको सो भेलामा समूहका सदस्य वयोवृद्ध खड्गप्रसाद गौतमको प्रमुख आथित्य रहेको थियो । कार्यक्रममा दमक चिसापानी रवि सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेश सुब्बा, बेलडाँगी शरणार्थी शिविरका सचिव सन्चहाङ्ग सुब्बा, सामाजिक अगुवा वीरेन्द्र पोखेरेल, नारायण बराल, महेन्द्रसिंह निरौला लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमका दौरान वन संरक्षण र सो वन हातामा निर्माणाधीन सहिद वन बाटिका निर्माणलाई जोड दिन अधिकांश वक्ता तथा परिषद् सदस्यहरुले जोड दिएका थिए । दमक वडा नम्बर १ देखि ७ सम्मा ३५ सयको हाराहारीमा घरधुरी उपभोक्ता रहेको वनमा एक सय ५९ जना परिषद् सदस्य रहेका छन् । वार्षिक योजनालाई पारित गर्न एक सय ३७ परिषद् सदस्यहरुको उपस्थिति रहेको हंसे दुम्से सामुदायिक वन उपभोक्ता समूहका सचिव पदम लिम्बूले बताए । गत असारमा हुनु पर्ने परिषद् भेला जिल्ला वन कार्यालयबाट कार्य योजना समयमा पारित नभएका कारण एक वर्ष ढिलो भएको अध्यक्ष हिमालयप्रसाद दाहालले बताए ।