संघीय प्रेस युनियन गठन

4 years ago Editor 0

नेपाल, दमक
२५ अप्रिल /

अध्यक्ष लामा
अध्यक्ष लामा

संघीयवादी पत्रकारहरुको भेलाले शुक्रबार संघीय प्रेस युनियन झापा गठन गरेको छ ।
डिकेश लामाको अध्यक्षतामा गठित १५ सदस्यीय समितिका उपाध्यक्षद्वयमा सेलिङ केसी र सचिन भट्टराई, सचिवमा देशराज नेम्बाङ, सह–सचिवमा कमल खम्बू र कोषाध्यक्षमा मनकुमारी पन्दाक चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा डिबी लिङ्दम, भूपेन्द्र लिम्बू, मनदीप राई, पूर्णिमा लिम्बू, इञ्जिना सुब्बा, राजन साम्पाङ, बिरु बेघा, मणि खम्बू र दूर्गा ताजपुरिया रहेका छन् । त्यस्तै युनियनको केन्द्रीय प्रतिनिधिमा मनकुमार तुम्सालाई चयन गरिएको छ ।
दमकको किरात भवनमा सम्पन्न भेलामा संघीय प्रेस युनियनका केन्द्रीय सदस्य कमन देवान, संघीय समाजवादी पार्टीका झापा जिल्ला उपाध्यक्ष दिपेन बाला राई, जिल्ला सल्लाहकार इन्द्रमान चाम्लिङ, सह–सचिव सुशील राई, क्षेत्रीय संयोजक सुरेश लावती लगायतको उपस्थिति रहेको थियो ।