संरक्षण र प्रचार–प्रसार अभावले चिलागढ ओझेलमा

4 years ago Editor 0

रिपोर्ट
कमन देवान

चिलागढ पोखरीको दृश्य
चिलागढ पोखरीको दृश्य

 

झापाको सतासीधाम–७ माइधारस्थित धार्मिक तथा पर्यटकीय तिर्थस्थल चिलागढधाम आवश्यक संरक्षण, सम्वद्र्धन र प्रचार–प्रसारको अभावमा दिनदिनै ओझेल पर्दै गएको छ । हिन्दु पौराणिक व्याख्या अनुसार महाभारत कालमा पाण्डवहरुले १२ वर्षे वनवासको सजाय भुक्तान गरिसकेपछि एक वर्र्षे गुप्तवासमा जानु भन्दा अघि चिलागढमा यज्ञ कुण्ड निर्माण गरी यज्ञ र होमादी गरेको मान्यता छ । चिलागढ पुरातात्विक महत्व बोकेको क्षेत्र भएकाले यसको संरक्षणमा आफूहरु योजनागत किसिमले लागि परेको ऐतिहासिक तथा धार्मिक क्षेत्र चिलागढ संरक्षण समितिका अध्यक्ष तिलबहादुर कटुवालको भनाई छ । २०२६ सालदेखि मानिसहरुको बसोवास शुरु भएको यस क्षेत्रमा शुरुमा दिनमा चिलागढ क्षेत्र चार किल्ला सहित २५ बिघा क्षेत्रफलमा फैलिएको भए पनि हाल चिलागढ पोखरी क्षेत्रमात्रै अतिक्रमणबाट बचेको र यसको क्षेत्रफल सा“घुरिएर १४ कठ्ठा कायम भएको अध्यक्ष कटुवालले बताए । चिलागढको विकासका लागि गाउ“ विकास समिति र जिल्ला विकास समितिका तर्फबाट सक्दो सहयोग गरिएको भए तापनि त्यो पर्याप्त हुन नसकेको स्थानीयवासी समेत रहेका सतासीधाम गाविस कार्यालयका निवर्तमान गाविस सचिव छत्रबाबु ओझाले बताए । चिलागढको विकासका लागि सतासीधाम गाविसका तर्फबाट पटक–पटक बजेट विनियोजन गरिएको र जिविसका तर्फबाट समेत यस वर्ष एक लाख रुपैया“ विनियोजन भएको ओझाले जानकारी दिए । चिलागढको विकासका निम्ति मन्त्रालयमा समेत माग गरेर पठाइएको भए पनि हालसम्म ठोस कार्यक्रम नबनेको बताइन्छ । अहिले पनि चिलागढधामको वरीपरि माटोद्वारा निर्मित अग्ला ढिस्कोहरु देख्न सकिन्छ । तर, मानव बसोवास र अतिक्रमणको चपेटामा परेको चिलागढ पछिल्लो समय एउटा पोखरीमा मात्र सीमित रहेको स्थानीको भनाई छ । चिलागढ क्षेत्रका निम्ति मानव अतिक्रमणस“गै पूर्व दिशातर्फबाट बग्ने कनकाई नदीको कटान समेत गम्भीर समस्या बनेको छ । यस क्षेत्रको जनाउ दिने पूरानो ढिस्को मध्ये पूर्वतर्फको ढिस्को नदी कटानले भत्काइसकेको छ । त्यस्तै पश्चिम, उत्तर र दक्षिण दिशाका ढिस्कोहरु समेत क्रमशः लोप हुने अवस्थामा छन् । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत माईधारबाट २.५ (अढाई) किलोमिटर दक्षिणमा रहेको चिलागढाधाम क्षेत्रको संरक्षणमा अब राज्यका तर्फबाट पनि केही गर्नै पर्ने आवश्यकता देखिन्छ ।

भिडियो रिपोर्ट हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्

http://youtu.be/Qn-b_Wkgtxk