सुकी नेपाल आउने

4 years ago Editor Comments Off on सुकी नेपाल आउने

नेपाल, काठमाडौं
२१ अप्रिल /

नेतृ सुकी
नेतृ सुकी

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी दुई दिनको लागि नेपाल आउने भएकी छन् । बिमिष्टेक सम्मेलनका लागि म्यानमार जाँदा प्रधानमन्त्री सुशील कोइरालाले उनलाई भेटेर नेपाल भ्रमणको लागि निम्तो दिएका थिए ।
बीपी कोइरालालको शत वार्षिकीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन सुकी नेपाल आउने प्रधानमन्त्री कोइरालाका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार सुकी जेठ ३१ गते दुई दिनको लागि नेपाल आउन लागेकी हुन् । ‘उहाँले आउछु भन्नु भएको छ’, भट्टराईले भने –‘उहाँ सहभागी हुने कार्यक्रमको तयारी गरिहेका छौं ।’
उनी म्यानमार को नेशनल लिग फर डेमोक्रेसीकी अध्यक्ष हुन् । उनलाई सन् २०१० सम्म पटक–पटक गरी झण्डै १५ वर्ष घरमै नजरबन्दमा राखिएको थियो ।
सुकी सन् १९९१ को नोबेल शान्ति पुरस्कार विजेता नेतृ हुन् । उनले सन् २०१५ मा म्यानमार मा हुने राष्ट्रपति निर्वाचन लड्ने उद्घोष गरिसकेकी छन् ।