एमाओवादी कार्यालय नजिकै कुकर बम

5 years ago Editor 0

नेपाल, झापा
१ नोभेम्बर
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को मोरङस्थित क्षेत्र नम्बर ९ को क्षेत्रीय कार्यालय नजिकै शुक्रबार बिहान फेला परेको कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
एमाओवादीका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले उम्मेद्वारी दिएको यस क्षेत्र अन्तरगतको पार्टी कार्यालयमा बम कसले राखेको भन्ने बारे केही थाहा हुन सकेको छैन ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक खगेन्द्र खड्काका अनुसार उर्लाबारी–२ स्थित एमाओवादीको क्षेत्रीय पार्टी कार्यालय नजिकै बिहान पौने ७ बजेतिर स्थानीयले कुकर बम देखेपछि खबर गरेको बताउनु भयो ।
नेपाली सेनाको पूर्वी पृतना कार्यालय इटहरीबाट खटिएको बम डिस्पोजल टोलीले बिहान साढे दश बजे सो बम डिस्पोज गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बम राखिएको बारे कसैले पनि हालसम्म जिम्मेवारी लिएको छैन ।
त्यसैगरी सुर्खेतको वीरेन्द्रनगर चौकमा समेत शुक्रबार विहान अज्ञात समूहले राखेको सुतली बम सेनाले निस्कृय पारेको छ । नेकपा–माओवादीले १५ गते र १६ गते बन्दको आव्हान गरेको पहिलो दिन बम फेला परेको हो ।
विहान बिहान ५ वजे प्रहरीले सुतली वम राखिएको जानकारी पाएपछि नेपाली सेनाको बम डिस्पोज टोलीले बम निस्कृय गरेको प्रहरी उपरिक्षक प्रकाश अधिकारीले बताउनु भयो ।
नेकपा–माओवादीले भने शान्तिपूर्ण बहिष्कार आन्दोलन भएकाले बम बारेमा कुनै जानकारी नभएको बताएको छ ।

एमाओवादी कार्यालय नजिकै कुकर बम
एमाओवादी कार्यालय नजिकै कुकर बम
एमाओवादी कार्यालय नजिकै कुकर बम
एमाओवादी कार्यालय नजिकै कुकर बम

कुकर बम डिस्पोजको तयारीमा नेपाली सेना
कुकर बम डिस्पोजको तयारीमा नेपाली सेना