तोकिएकै समयमा संविधान बन्छ : प्रम

4 years ago Editor 0

नेपाल, भद्रपुर
१९ अप्रिल /

jhuse

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले तोकिएको समयभित्र संविधान घोषणा हुने दावी गरेका छन् ।
प्रधानमन्त्री कोइरालाले सबै राजनीतिक शक्तिहरुका बीचमा आवश्यक समहतिका माध्यमबाट सहकार्य गर्दै आगामी माघ ८ गतेभित्रमा संविधान जारी गरिने बताएका हुन् ।
शनिबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रम कोइरालाले यस्तो बताएका हुन् । उनले भद्रपुरस्थित दोस्रो जनआन्दोलन २०६२÷०६३ का झापली सहिद सुरज विश्वासको शालिकमा माल्यार्पणको गरे । ०६३ बैशाख ६ गते सहिद सुरज र राजन गिरीलाई तत्कालीन शाही सत्ताले झापाको चन्द्रगढीमा गोली प्रहार गरेर मारेको थियो ।
शहिद विश्वासको शालिकमा माल्यार्पण पश्चयात प्रधानमन्त्री कोइरालाले भद्रपुरस्थित मेची नदीमा निर्माणाधीन पुलको समेत अवोलकन गरेका थिए ।
प्रधानमन्त्री कोइरालाले शनिबार नै लक्ष्मीपुरस्थित सहिद राजन गिरीको शालिकमा समेत माल्यार्पण गर्दै सहिद परिवारसँग भेटघाट गरेका थिए । त्यसैगरी प्रधानमन्त्री कोइरालाले बिर्तामोडस्थित सिके चिन्तन प्रतिष्ठानको समेत उद्घाटन गर्ने कार्यक्रममा समेत सहभागी भएका थिए ।
नेपाली कांग्रेसको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन झापा आइपुगेका प्रधानमन्त्री तथा सभापति कोइरालाको साथमा पार्टीका महामन्त्री समेत रहेका कृष्णप्रसाद सिटौला झापा आइपुगेको हुन् ।
त्यसैगरी सोही प्रशिक्षण कार्यक्रममा पुर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा, उपभापति रामचन्द्र पौडेल लगायतका केन्दी्रय नेताहरु आज आइतबार झापा आउने कांग्रेस झापाका उपसभापति देउमान थेबेले बताए ।

सहिदको सपना साकार पार्नुपर्छ : यादव

नेपाल, विर्तामोड

शिक्षामन्त्री चित्रालेखा यादवले सहिदहरुको सपना साकार पार्न उनीहरुले देखाएको मार्गमा देश अघि बढ्नुपर्ने बताएकी छन् ।
सहिद राजन गिरीको आठौं वार्षिक पुन्य तिथिका अवसरमा शनिबार झापाको घैलाडुब्बास्थित गिरीे निवासमा आयोजित कार्यक्रममा बोल्दै शिक्षामन्त्री यादवले देशका लागि आफ्नो ज्यान आहुति दिने सहिदको सपना पूरा गर्न सबै एकजुट हुनुपर्ने औल्याइन् ।
मन्त्री यादवले भनिन् –‘सहिदले नयाँ संविधान निर्माण गर्न तथा देशलाई समृद्ध बनाउन देखाएको मार्गमा अघि बढ्न दलहरु गम्भीर बन्नुपर्छ ।’
कार्यक्रममा झाप क्षेत्र नम्बर २ का सभासद् सुधीर शिवाकोटी, नेपाली कांग्रेसका झापा सभापति उद्धव थापा, उपसभापति देउमान थेबे, सह–सचिव तथा विद्यार्थी विभाग प्रमुख लक्षमण खड्का, कांग्रेस महासमिति सदस्य तथा नेविसंघ केन्द्रीय सदस्य उमा शिवाकोटी लगायतले सहिद गिरीको शालिकमा माल्यार्पण गरेका थिए ।
नेविसंघ झापाले भने सहिद राजन गिरीको स्मृतिमा प्रतिष्ठान खोल्न माउ पार्टीसमक्ष आग्रह गरेको नेविसंघ झापा क्षेत्र नम्बर ७ का सभापति सहदेव भट्टराईले बताए ।
नेविसंघ झापा सभापति रोशन बिष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव सन्तोष उप्रेतीको सञ्चालन रहेको थियो ।