गुराँसका दुई कृति विमोचित

4 years ago Editor 0

नेपाल, दमक
१८ अप्रिल /

bimochan photo

झापाको दमकमा शुक्रबार स्रष्टा हिमाल सुब्बा ‘गुराँस’ का कथा र हाइकु संग्रह विमोचन गरिएको छ ।
साहित्यकार तथा समालोचक उपेन्द्र पागलको प्रमुख आतिथ्यमा गुराँसद्वारा लिखित ‘जीवन र सपना’ नामक कथा संग्रह र ‘गुराँसका हाइकुहरु’ कथा संग्रह विमोचन गरिएको हो । कथा संग्रहमा विभिन्न भावका १० वटा कथा र हाइकु संग्रहमा ३४१ वटा हाइकु समावेश गरिएका छन् ।
पढ्ने घरद्वारा आयोजित कार्यक्रममा स्रष्टाहरु प्रकाश आङ्देम्बे, याम थुलुङ, कमन देवान, भानु भण्डारी, अशोक बस्नेत, सावित्रा याक्खा, मञ्जु आचार्य लगायतको आतिथ्य रहेको थियो । दुवै कृतिको प्रकाशन पढ्ने घरले गरेको जनाइएको छ ।
कार्यक्रममा सिजन दाहालको सञ्चालन र विनोद तिम्सिनाको अध्यक्षता रहेको थियो ।