प्रवासमा उत्साहजनक साहित्यिक वहस

4 years ago Editor 1

टेक्सास, अमेरिका
३० मार्च /

 

10152905_821460387881593_754600101_n
अमेरिकाको टेक्सासस्थित फोर्त वोर्थ शहरमा शनिबार ‘वृहत् साहित्यिक वहस तथा गोष्ठी २०१४’ सम्पन्न भएको छ । विश्व भूटानी साहित्य सङ्गठन (जिविएलओ) को सक्रियतामा भूटनिज लेगसी युवा क्लवद्वारा आयोजना गरिएको थियो ।
गोष्ठीमा भूटानी नेपाली साहित्य र समाज तथा स्वीकारोक्ति सिद्धान्तबारे वृहत् छलफल भएको जिविएलओ अध्यक्ष डेन्जोम साम्पाङले जानकारी दिए । भूटनीज लेगसी युवा क्लवका उपाध्ध्यक्ष एके राना साम्पाङको सभापतित्व र अन्तराष्ट्रिय नेपाली साहित्य समाज टेक्सासका अध्यक्ष वासु शर्माको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा लीलाधर अधिकारी, पातलो अन्तरेको ‘अन्तरे’ गजल संग्रहको अमेरिका भरि रहेका नेपालीहरुका निम्ति लोकार्पण गरिएको थियो ।
उक्त सभामा चर्चित कवि तथा गितकार विप्लव प्रतीक, विस्व भूटानी साहित्य संगठन (जिबिएलओ) का अध्यक्ष डेन्जोम साम्पाङ र जिबिएलओ प्रवक्ता कर्ण गुरुङको विशेष आतिथ्य रहेको थियो । उत्तर अमेरिकामा रहेका भूटानी तथा नेपाली साहित्यकार, पाठक र संघसंस्थाबीच अन्तरक्रिया गरिने भनिएको उक्त कार्यक्रममा संघसंस्थाहरुको उल्लेखनीय उपस्तिथि नदेखिए पनि साहित्यकर्मीहरुको भने उत्साहजनक सहभागिता रहेको थियो ।
नेपाली भाषा र साहित्यको विश्वव्यापीकरणमा कार्यक्रमले गुणात्मक योगदान गरेको आयोजकले जनाएका छन् । कार्यक्रमले साहित्यकारहरुबीच आपसी सम्बन्धलाई अन्तरङ्ग एवम् जीवन्त तुल्याउने आयोजक लेगसी युवा क्लवका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष साम्पाङको भनाई थियो ।
नेपाली साहित्य समाज र भूटानी साहित्य समाजका प्रतीनिधिको समेत उपस्थिति रहेको उक्त साहित्यिक गोष्ठीलाई ‘अन्तरे’ गजल संग्रह लोकार्पण र रचना वाचन र साहित्यिक वहस गरी दुई चरणमा विभाजन गरिएको थियो ।
कार्यक्रमका बीच लोकार्पित कृतिबारे डेन्जोम साम्पाङ र कृतिकार ‘अन्तरे’ स्वयमले बोलेका थिए । त्यस्तै गोस्ठीमा स्रष्टाहरु मणि धिमाल, लक्की रासी, नेत्र आचार्य, वशन्त दिक्तेलीले जमेर प्रस्तुती गरे ।
कार्यक्रममा गोविन अधिकारीको सञ्चालनरहेको थियो भने समाजसेवी प्रभात दिक्षित, अभिनेता केदार उप्रेती लगायतको उपस्थितिले थप रौनक थपेको थियो । न्यूयोर्क जीवन बिमाका अजेन्ट सुरेश बस्यालको सह–प्रायोजन रहेको सो कार्यक्रमलाई क्लवका सल्लाहकार क्लिन्त ब्राओनिङ र पेमा दोर्जी लामाले सहयोग गरेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा सम्पन्न साहित्यिक वहसमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज टेक्सासका अध्यक्ष वासु शर्मा, क्लब उपाध्यक्ष एके राना साम्पाङ, समाजसेवी प्रभात दिक्षित, प्रवक्ता कर्ण गुरुङ, कवि विप्लव प्रतीक, र जिबिएलओ अध्यक्ष डेन्जोम साम्पाङ लगायतले धारणा राखेका थिए ।