ताजपुरिया समाजमा गंगाराम

4 years ago Editor Comments Off on ताजपुरिया समाजमा गंगाराम

नेपाल, दमक
१ अप्रिल /

अध्यक्ष गंगाराम
अध्यक्ष गंगाराम

ताजपुरिया समाज कल्याण परिषद्को केन्द्रीय अध्यक्षमा गंगाराम ताजपुरिया चयन भएका छन् ।
परिषद्को सोमबार र मंगलबार सम्पन्न चौंथो केन्द्रीय महाधिवेशनले गंगारामको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो ।
नवनिर्वाचित समितिका उपाध्यक्षद्वयमा फूलकुमारी ताजपुरिया (मोरङ) र सुकदेव ताजपुरिया (झापा), महासचिवमा पर्शुराम ताजपुरिया, सचिवहरुमा कल्याणी ताजपुरिया, सत्यनारायण ताजपुरिया, नन्दलाल ताजपुरिया, अधिकचन्द्र ताजपुरिया र कोषाध्यक्षमा धर्मनारायण ताजपुरिया सर्वसम्मत चयन भएका छन् ।
महाधिवेशनमा झापा, मोरङ र उपत्यकाका तीन जिल्ला समिति र विभिन्न २१ गाउँ समितिहरुबाट ११५ जना प्रतिनिधि र ४६ जना पर्यवेक्षक सहभागी थिए ।
सोमबार महाधिवेशनको उद्घाटनशत्रमा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नगेन्द्रकुमार कुमालले पहिचान स्थापित नभएसम्म आदिवासी जनजातिहरुले अधिकारको महशुस गर्न नपाउने बताएका थिए ।
सम्बोधनका क्रममा कुमालले भने –‘जबसम्म नेपालका आदिवासी जनजाति, महिला, मधेसी, पिछडा वर्ग, कर्णली भेगका जनताहरुको स्पष्ट पहिचान कायम हुन सक्दैन, तबसम्म उनीहरुले राज्यबाट अधिकार प्राप्त भएको महशुस गर्न सक्दैनन् ।
‘पहिचान स्थापित नभएसम्म स्थायी शान्ति, विकास र अग्रगमनको कुरा गरिनु भ्रम हो, राजनीतिक दलहरुले यो बुझुन् । अन्यथा उनीहरु पनि यो देशभित्रकै दलहरु हुन् । हामी पनि टाढाका होइनौं’, कुमालले भने ।
त्यस्तै कार्यक्रममा बोल्दै महासंघका पूर्व अध्यक्ष राजकुमार लेखीले नेपालका आदिवासी जनजातिहरुले उठाएको पहिचानको मागलाई केही अतिवादीहरुले जातीय राज्यको मागस“ग तुलना गरेको आरोप लगाए ।
महासंघका प्रमुख सल्लाहकार समेत रहेका लेखीले २४० वर्षदेखि कायम एकात्मक राज्य व्यवस्था नै जातीय राज्य भएको आरोप लगाउ“दै यसका विरुद्ध संघात्मक राज्य व्यवस्थाको स्थापनाका निम्ति नेपालका आदिवासी जनजातिहरुले आन्दोलन गरिरहेको जिकिर गरे । लेखीले भने –‘अब पनि पहिचान, संघीयता, समावेशीता जस्ता मुद्दालाई किनाराकरण गर्ने कुचेष्टा भएमा हामी संघर्षका निम्ति तयार हुने छौं ।’
सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पाले आदिवासी जनजातिहरुको पहिचान सहितको संघीय संविधान प्राप्त गर्ने अधिकारमाथि कुठाराघात भए रक्तपात हुने चेतावनी दिए । उनले भने –‘हामीलाई पहिचानका आधारमा संघीय राज्य सहितको संविधान, विकास, शान्ति र अमनचयन चाहिएको छ । यो प्राप्त भएन भने राज्यले ठूलो मूल्य चुकाउने छ ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पारसमणि राई, धिमाल जातिका अगुवा पात्र धिमाल, किरात भवन दमकका अध्यक्ष धिरेन लावती लगायतले बोलेका थिए ।

महाधिवेशन उद्घाटनशत्रका केही श्रव्यदृश्य

http://youtu.be/tDI0bmFobvs