दमक नगर कप सफल बनाउन विभिन्न उपसमिति

4 years ago Editor 0

नेपाल, दमक
३० मार्च /

आगामी चैत्र २८ गतेदेखि दमकमा सञ्चालन हुने वडास्तरीय दमक नगर कप फुटबल प्रतियोगिता–२०७० सफल बनाउन विभिन्न उप–समितिहरु गठन गरिएको छ ।
आयोजक संस्था धु्रवतारा स्पोर्टिङ क्लवमा आईतबार सम्पन्न बैठकले प्रतियोगितालाई सघाउ पु¥याउन विभिन्न उप–समितिहरु गठन गरिएको हो । बैठकले आधा दर्जन विभिन्न उप–समितिहरु गठन गरिएको क्लवका अध्यक्ष भीमराज केसीले जानकारी दिए । बैठकले हिरामणि खड्काको संयोजकत्वमा अतिथि सत्कार, नगेन्द्र बोहोराको संयोजकत्वमा स्टेज ब्यवस्थापन, खेलमैदान व्यवस्थापनको संयोजकमा प्रज्जवल कार्की, शशी विष्ठको संयोजकत्वमा प्राथमिक उपचार र बिष्णु सुब्बाको संयोजकत्वमा प्रचार–प्रसार व्यवस्थापन उप–समिति गठन गरिएको प्रतियोगिताका संयोजक मोहन ढकालले जानकारी दिए ।
प्रतियोगीतामा दमक नगरपालिकाका १६ वटा  वडाहरुको सहभागिता रहने जनाइएको छ । सो खेलमा विजेतालाई नगद २५ हजार पाँच सय र उपविजेतालाई १५ हजार पाँच सय रुपैयाँ, ट्रफी, प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।