मुटु रोगीका लागि आम्दाको सहयोग

4 years ago Editor 0

नेपाल, दमक
२३ मार्च /
झापाका दमकस्थित आम्दा अस्पतालका कर्मचारी तथा चिकित्सकहरुले एक जना मुटु रोगीको उपचारका लागि सहयोग गरेका छन् ।
सुनसरीको देवनगञ्ज–८ घर भई हाल काठमाडांैको शहिद गंगालाल हृदय रोग केन्द्रमा उपचाररत जयप्रकाश यादवको उपचारका लागि नगद ३२ हजार नौ सय ९२ रुपैयाँ सहयोग उपलब्ध गराएका हुन् । मुटुको भल्व फेर्नका लागि उपचाररत यादवको स्वास्थ्य उपचारमा सहयोग पु¥याउन सो नगद प्रदान गरिएको अस्पतालका प्रशासकीय अधिकृत भीम धमलाले जानकारी दिए ।
आइतबार अस्पतालले बिरामीको सहयोग कोषमा रकम पठाएको उनले बताए । आर्थिक अवस्था नाजुक भएका यादवको उपचारका लागि खोलिएको नेपाल ईन्भेष्टमेन्ट बैकको पुतलीसडक शाखाको चल्ती खाता नम्बर ०१२०५०८०४५५५९१६ मा संकलित रकम जम्मा गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।