चुम्लुङद्वारा दुईलाई सम्मान

4 years ago Editor 0

नेपाल, दमक
२१ मार्च /

क्यालेन्डर लोकार्पण गर्दे कियाचु केन्द्रीय अध्यक्ष उत्तमसिंह थाङदेन
क्यालेन्डर लोकार्पण गर्दे कियाचु केन्द्रीय अध्यक्ष उत्तमसिंह थाङदेन

 

किरात याक्थुङ चुम्लुङ दमक नगर समितिले दुई जना सामाजिक अगुवालाई सम्मान गरेको छ ।
शुक्रबार दकको किरात भवनमा आयोजित एक कार्यक्रमका बीच संविधानसभा सदस्य महेन्द्रकुमारी सुब्बा र चुम्लुङ दमकका संस्थापक अध्यक्ष लोकप्रसाद कन्दङ्वालाई सम्मान गरेको हो ।
संस्थाको नवौं साधारणसभाको अवसरमा चुम्लुङ दमक नगर समितिले सभासद् सुब्बा र कन्दङ्वालाई सम्मान गरिएको नगर सचिव देवेन्द्र चेम्जोङले जानकारी दिए ।
कार्यक्रममा चुम्लुङका केन्द्रीय अध्यक्ष उत्तमसिंह थाङदेनले लिम्बू समुदायहरुको सामाजिक तथा अन्य विभिन्न क्षेत्रमा योगदान पुर्याउने कार्य सह्रानीय भएको चर्चा गरे ।
सो अवसरमा चुम्लुङका झापा जिल्ला सचिव बिष्णु सुब्बा, मोरङ जिल्ला उपाध्यक्षम थेयुसा फागो, दमक बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेश सुब्बा, चुम्लुङ हङकङका अध्यक्ष लुङफूङवा, सम्मानित व्यक्तित्व कन्दङवा, लिम्बू पत्रकार संघका झापा अध्यक्ष सेसेहाङ फियाक, सप्तरङ्गी एफएमका अध्यक्ष मेहरमान लिङदेन लगायतले बोलेका थिए ।
सो कार्यक्रममा चुम्लुङ नगर समितिले प्रकाशन गरेको नयाँ वर्षको क्यालेण्डर समेत लोकार्पण गरिएको थियो । संस्थाका अध्यक्ष गुमानसिंह सम्बाहाम्फेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।