पाठेघरको उपचारका लागि निःशुल्क शिविर

4 years ago Editor 0

नेपाल, झापा
२१ मार्च /

निःशुल्क स्वास्थ्य शिविरमा सहभागी महिलाहरु
निःशुल्क स्वास्थ्य शिविरमा सहभागी महिलाहरु

महिलाहरुमा देखिने पाठेघर सम्बन्धी समस्यालाई स्थानीय स्तरमै उपचार गर्ने उद्देश्यले शुक्रबार झापाको चन्द्रगढीमा एक दिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ ।
चन्द्रगढी गाविसको वार्षिक कार्यक्रम अनुसार महिला सञ्जाल चन्द्रगढीले अञ्जली अस्पताल विर्तामोडको सहयोगमा उक्त शिविर सञ्चालन गरेको हो ।
शिविरमा चन्द्रगढी, भद्रपुर लगायत क्षेत्रबाट दुई सय भन्दा बढी महिलाहरुले पाठेघर रोग सम्बन्धी निःशुल्क उपचार गराएका थिए । उपचारको क्रममा पाठेघरमा जटिल समस्या देखा परेका महिलाहरुलाई अञ्जली अस्पताल विर्तामोडले निःशुल्क उपचार गरिदिने अस्पतालका स्त्री रोग विशेषज्ञ डा. पंकज केसीले बताए ।
महिला सञ्जालकी अध्यक्ष भूमादेवी घिमिरेको सभापतित्व तथा चन्द्रगढी गाविस कार्यालयका सचिव देवराज कार्कीको प्रमुख आतिथ्यमा शिविर उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।